राजपाले अवरुद्ध पारे संसद, मधेश आन्दोलनमा भएको नरसँहारको प्रतिवेदन सार्वजनिक गर्न माग

राजपाले सरकारले प्रतिवेदन सार्वजनिक नगरेसम्म यस्तो अवस्थामा बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

२०७५ चैत १० आइतबार
दिउसो २:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । मधेश आन्दोलनको क्रममा राज्यद्धारा भएको दमन र नरसँहारबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपा नेपालले प्रतिनिधि सभाको बैठक आज फेरि अवरुद्ध पारेको छ । 

 

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी राजपाले संसद बैठक अवरुद्ध गरेको हो । 

 

सभामुखको रुलिङ सरकारले अवज्ञा गरेको भन्दै राजपाले यही अवस्थामा संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर राजपाका लक्ष्मणलाल कर्णले सानो विषयमा सभामुखको पटक–पटक रुलिङ आउँदा पनि सरकार जिम्मेवार नभएको आरोप लगाएका हुन् ।

 

राजपाको अवरोधपछि संसद् बैठक १० मिनेटका लागि स्थगित भएको थियो । यसअघि सभामुख महराले सरकारले सरकारात्मक जवाफ दिएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

 

त्यसअघि चैत ४ गतेको बैठकमा सरकारको तर्फबाट कानून मन्त्री भानुभक्त ढकालले आयोगको प्रतिवेदन सिघ्र सार्वजनिक गर्ने आश्वासन दिएपनि हालसम्म सार्वजनिक भने गरिएको छैन ।

 

राजपाले सरकारले प्रतिवेदन सार्वजनिक नगरेसम्म यस्तो अवस्थामा बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७५ चैत १० आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus

} }