मधेशीको नाम उच्च राखेको भन्दै यादव समाजद्धारा 'अजित' लाई सम्मान

२०७५ चैत ८ शुक्रबार
दिउसो ३:२० बजे
न्यूज ब्यूरो | नेपाल

न्यूज ब्यूरो, काठमाडौँ । अजितकुमार यादव यतिबेला चर्चामा रहेका  छन् । हालै  हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेका अजित कुमार यादवलाई  गोपाल यूवा  मोर्चाले नगदसहित सम्मान गरेको छ ।

 

काठमाडौं यादव सेवा सदनले आयोजना गरेको होली मिलन समारोहमा अजित कुमार यादवलाई सम्मान गरिएको हो । गोपाल यूवा मोर्चाका अध्यक्ष डा शरद सिंह यादवले अजितलाई नगद ३१ हजार ५ सयसहित टोकन अफ लभ दिनुभएको थियो । कार्यक्रममा मैथिली साहित्यकार एवंम गीतकार डा. अभास लाभ, नेपाल चुरे तराई संरक्षणका अध्यक्ष बिरेन्द्र यादव र यादव सेवा समीतिका अध्यक्ष भूवनेश्वर यादवको सहभागीता थियो ।

 

अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश २ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप प्रदेश न.२ का सरकारले पाँच लाख नगद पुरस्कार सहित सम्मान  गरेको थियो । कार्यक्रममा सबैले एकआपस रगं अबिर लगाई होलीको शुभकामना पनि आदान प्रदान गरेका थिए ।

 

हङकङमा आइतवार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३००० तीन हजार मिटर दौडमा सप्तरीका अजितले आठ मिनेट ३०.३२ सेकेण्डमा दौड पुरा गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७५ चैत ८ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus