शहिदनगरमा फोरमको होली

२०७५ चैत ६ बुधबार
रति ८:१३ बजे
न्यूज ब्यूरो, धनुषा ।


न्यूज ब्यूरो, धनुषा ।  धनुषाको शहिदनगर नगरपालिका वडा नं.८ बिसरभोरामा संघीय समाजवादी फोरम नेपाल वडा समितिले होलिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 


संघीय समाजवादी फोरम नेपालका  अगुवा कार्यकर्ताहरुको उपस्थितिमा हिन्दुहरुको उल्लासको रुपमा मनाइने होलि पर्वको उपलक्ष्यमा  अबिर लगाएर एक आपसमा शुभकामना आदानप्रदान गरेका छन् । जोगिन्द्र दासको अध्यक्षतामा जिल्ला युवा नेता बिनोद रोहिता , लटु बिराजी , नजिर राइन , भोला तेथवार ,बिनोद गोइत , जीवन रोहिता , युवा वडा अध्यक्ष दिपक यादव , युवा नगर अध्यक्ष राम चन्द्र चोरवार लगायतका नेताकार्यकर्ताहरुको विशेष उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । 

 

 सो कार्यक्रममा फोरमका कुनै पनि कार्यकर्ता नेकपामा प्रवेश नगरेको प्रष्टाइएको छ । गत ४ गते नगरका मेयर उदय कुमार बरबरियाद्धारा आयोजित होली मिलन समारोहकै क्रममा फोरम पार्टी परित्याग गरी कैयौँ नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको तथ्यलाई अफवाह बताएका छन् ।

 

सो कार्यक्रममा शुभकामना आदानप्रदानको साथ साथै यही मिति २०७५ फाल्गुन ४ गतेको नेकपाको कार्यक्रम बिसरभोरामा भएको थिए तर त्यस कार्यक्रममा केहि अपवाह गरेको थियोे कि संघीय समाजवादी फोरम नेपाल शहिदनगर नगरपालिका वडा नं.८ बिसरभोराका फोरमका केहि कार्यकर्ता हरु फोरम छोडेर नेकपामा प्रवेश गरेको को हल्लाले संघीय समाजवादी फोरम नेपाल सहिदनगर नगरपालिका वडा नं.८ का वडा अध्यक्षका प्रत्याशी उमेदवार एवं यस् पार्टीको वडा अध्यक्ष जोगिन्द्र दासले मन्तव्यमा भने ।


उनले भने, - "हाम्रो फोरम पार्टीको एउटा पनि कार्यकर्ता नेकपा पार्टीमा गएको छैनन् । जुन व्यक्तिहरु ले प्रवेश गरेको थिए त्यो व्यक्ति पहिला एमाले पार्टीमा थिए अहिले आएर नेकपामा प्रवेश गरेको थिए । फोरम नेपालका वडा समितिको एउटा पनि कार्यकर्ता फोरम छोडेर कतै गएको छैन । गलत प्रचारको घोर भत्सर्ना गर्दछौं ।" 

 

यता, मेयर बरबरियाले आयोजना गरेको होलीको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा खुल्ला रुपमै उनीहरु फोरम पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाकी साँसद मन्जु शर्मा अन्सारीको मृत्यू

  • २०७५ चैत ६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट

पूरा पढ्नुहोस्

Bureau Menus

} }