• २०७६ असार ४ गते, बुधबार
०५:५५ am

धनुषाधाममा नेपाली काङ्ग्रेसद्धारा होली, मेयरले भने- 'अनेकतामा एकता कायम गरौं'

मुख मात्र होइन भित्री आत्मालाई नै रँगमय बनाउनुपर्ने आवश्यकता औल्याएं । 


न्यूज ब्यूरो, धनुषा ।  धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ मा नेपाली काङ्ग्रेसले होली उत्सवको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।


अशान्ति बिच शान्ति कायम राख्न आएका पर्वलाई भव्यता साथ वडा सभापति जोग कुमार महतोको अध्यक्षतामा एवम नगर प्रमुख (मेयर) बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा एकआपसमा भाईचाराको सम्बन्ध राख्न आग्रह गरिएको हो । 


 होलीको शुभकामना आदान प्रदान कार्यक्रममा सभापतिको आसनबाट बोल्दै वडाध्यक्ष महतोले नेपाली काँग्रेस पार्टी भित्रै रहेको अन्तरद्धन्द्ध हटाउनुपर्ने बताए । पार्टीभित्र रहेको जनप्रतिनीधि सहित नेता कार्यकर्ताहरुको आन्तरिक द्धन्द्ध नहटे पार्टीको प्रगति मार्ग अवरुद्ध नै रहने दाबी गरे । वडावासीमा होलीको शुभकामना दिँदै वडाध्यक्ष महतोले अन्तरद्धन्द्ध हटाएर अगाडी बढनुपर्ने जीकिर गरे । 


कार्यक्रममा नगरका मेयर एवम् प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर बालेश्वर मण्डलले नगरका जनताले आफूहरुलाई अमूल्य मत दिएर विजयी बनाएको भन्दै उनीहरुको समस्यालाई निराकरण गर्ने जिम्मेवारी काँधमा आएको बताए । उनले नगर विकासको लागि तत्पर रहेको बताउँदै आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्ने पनि थपे । 


होली पर्व तथा शुभकामना आदान प्रदान कार्यक्रममा मेयर मण्डलले नगरवासीलाई सम्बोधन गर्दै अनेकतामा एकता कायम गरी भाईचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन जनमानसमा आग्रह गरे । उल्लासको पर्व होलीलाई मर्यादित रुपले मनाउन आग्रह गर्दै उनले मुख मात्र होइन भित्री आत्मालाई नै रँगमय बनाउनुपर्ने आवश्यकता औल्याएं । 


सो कार्यक्रममा वडा अध्यक्ष इन्द्र कुमार महतो,  नेपाली काङ्ग्रेस नगर सभापति राम सत साह , वडा सचिब हरि पौडेल लगायतका काङ्ग्रेसका दिग्ग्ज नेताहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम मावि पृतपुर पर्बातामा आयोजना गरिएको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस