• २०७६ बैशाख ६ गते, शुक्रबार
०२:४० am

परिक्रमा आज जनकपुरमा, भोली अन्तरगृही परिक्रमा गर्दै सम्पन्न हुने 

विहिबार अन्तरगृही परिक्रमा सकेपछि शुक्रवार होली पर्व मनाइने भएको छ । 


न्यूज ब्यूरो, जनकपुरधाम । १५ दिने मधेशको माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज जनकपुरमा विश्राम लिएका छन् । 

 

गत फागुन २३ गतेदेखि विधिवत रुपमा सुरु भएको मधेशको महाकुम्भ मानिने परिक्रमा आज जनकपुरमै विश्राम लिँदै भोली विहिबार विहानै अन्तरगृही परिक्रमा गरी सम्पन्न हुनेछ । विहान २ बजेदेखि नै जनकपुरमा विश्राम लिएका परिक्रमा धार्मिक यात्रीहरु अन्तरगृह परिक्रमाको लागि निस्कने गरिन्छ । 

 

पाँचकोषको दुरी तय गर्ने भएकोले अन्तरगृही परिक्रमालाई पञ्चकोशी परिक्रमा समेत भन्ने गरिन्छ । १४ दिनसम्म परिक्रमा नगएका तथा मात्र पञ्चकोशी घुमेपछि पनि १५ दिनकै पुण्य हुने किम्बदन्ती रहेको छ । परिक्रममा विभिन्न जिल्लाबाट आएका साधुसन्त, महिला, युवायुवति, वृद्धवृद्धाहरुको सहभागीता भने मोटो रहने गरेको छ । 


रातिदेखि नै अन्तरगृहि परिक्रमा उठने भएकोले त्यसको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट सिलिभ पोशाकमा धार्मिक लस्करको बीचमा प्रहरी खटाउने भएको छ । धार्मिक परिक्रमाको क्रममा उच्छृंगल गतिविधि गर्ने, अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नको लागि सादा पोशाक, पोशाकमा समेत प्रहरी खटाइने भएको छ । 


प्रत्येक वर्ष होलिका दहनपछि अन्तरगृही परिक्रमा गर्ने गरिएको छ । आज राती होलिका दहन हुने भएकोले विहानै धुलो उडाउँदै जनकपुरमै पनि होली खेलिन्छ । तराईमा भने शुक्रबार होली मनाइने भएको छ । विहिबार अन्तरगृही परिक्रमा सकेपछि शुक्रवार होली पर्व मनाइने भएको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस