• २०७६ मङ्सिर २९ गते, आइतबार

Loading...



बाढीबाट प्रभावित किसानलाई माण्डवीद्वारा कृषिजन्य सामग्री वितरण

Loading...

न्यूज ब्यूरो,रौतहट । प्रदेश नम्वर २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले गत बर्ष आएको बाढिबाट प्रभावित भएको किसानहरुलाई भि. एस.ओको आर्थिक सहयोगमा माण्डवीले कृषिजन्य सामग्री हस्तान्तरण गरेर उनीहरुको जिवकोपार्जनमा मद्दत पुर्याउने कार्य अतिनै सराहनीय रहेको बताए ।

 

 गैर सरकारी संस्था माण्डवीद्धारा मंगलवार गौरमा आयोजित आक्समीक उद्धारा एवं कृषि जन्य सामग्री वितरण समारोहमा कृषिजन्य सामग्री वितरण गर्दै समाजिक विकास मन्त्री साहले उक्त कुरा बताए । मन्त्री साहले बाढीबाट प्रभावित भएका स्थानीय तहका किसानहरुलाई सघाउ पुग्ने गरी हस्तान्तरण गरिएको समाग्रीबाट उनका परिवारको भरणपोषणमा निर्क मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

 

 प्रभावित बस्तीका ६ जना महिलालाई स्वरोजगार बनाउन इ रिक्साको तालिम दिएर इ रिक्साको माध्यमबाट आत्मनिर्भर बनाउन लगाएकोमा खुशी व्यक्त गर्दै घरमै सिमित रहेको महिलाहरु पुरुष सरह इ रिक्सा चलाएर समाज परिवर्तनमा एउटा सकारात्मक कदमको स्वागत गरे।


कार्यक्रममा विशिष्ट अतिथी गौर नपाका मेयर अजय गुप्ता ,उपमेयर किरण ठाकुर ,दुर्गाभगवती गाउँपालिकाका मेयर अरुन साह ,संघीय समाजवादि फोरमका केन्द्रिय सदस्य रेवन्त  झाले आयोजक सन्थाको खुलेर प्रसंशा गरे।उहाँहरुले आउँदा दिनमा यस माण्डबी सन्थालाइ अझ राम्रो कार्य गर्न शुभकामना दिदै आफुहरुले समेत सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।निकै कम समयमा जनताको मन जित्न सफल माण्डबीले अझ राम्रो काम गरि रौतहटको सेवा गर्ने उहाँहरुले बिश्वास समेत व्यक्त गरे।

 

कार्यक्रमका अर्का विशिष्ट अतिथी तथा राजदेबि नगरपालिकाकी उपमेयर अन्शु सिहले रौतहट जस्तो पिछडिएका जिल्लामा गरिब तह तप्काका परिवारलाई माण्डबिले  हस्तान्तरण गरेको कृषि जन्य सामाग्री आयआर्जन र परिवारको जिबिकोपार्जनको  ठूलो स्रोत ( साधन बन्ने बताइन ।

 

सिहले निकै कम समयमा माण्डबीले रौतहटको शिक्षा ,जलबायु परिवर्तनबाट हुने समस्यामा तत्काल राहत  ,जनताका जनतालाइ स्वाबलम्बि बनाउन खेलेका भुमिकाको जति प्रसंशा गरेपनी कम हुने बताइन ।


 कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका  प्रमुख जिल्ला अधिकारी किरण थापाले अरुले दिएपछि मात्रै आत्मनिर्भर बन्ने पुरानो बानी परित्याग गरेर आधुनिक नेपालको निर्माणमा उच्च मनोवलका साथ स्वरोजगारीको अवसर आफै सृजना गरेमा मात्रै समाज परिवर्तन हुने स्पष्ट पारे ।

 माण्डवी का कार्यकारी निर्देशक अंजु झाले सन् २०१७ तराई फल्ड रिकोभरी प्रोजेक्ट अन्तर्गत दुर्गा भगवती गाउँपालिका, राजदेवी र गौर नगरपालिकाका किसानहरुलाई पावरटिलर, हार्वेष्टर, इ रिक्सा, बाढीको समयमा सुरक्षाकर्मीलाई जोखिमा परेका जनतालाई उद्धार गर्न रबर बोर्ट हस्तान्तरण गरेको बताए । 

करिव ८ लाख भन्दा बढिको सामानहरु वितरण गर्दा स्थानीय किसानहरु हर्षित भए ।कार्यक्रममा भि एस ओ का डायरेक्टर जयशन्कर लाल सहित जिल्लाका चर्चित राजनीतिज्ञ ब्यक्ती विशेष , सुरक्षा प्रमुख ,पत्रकार ,बुधिजिबी र सयकडौ स्थानीय सर्वसाधारणको उपस्थित रहेको थियो ।



Loading...
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित तराई-मधेशको No. 1 डिजिटल पत्रिका - "न्यूज ब्यूरो" | "सधैं ताजा, सबभन्दा तेज ।"

सँजय सहनी || प्रदेश नं. २ को रौतहटबाट न्यूज ब्यूरोका लागि संवाददाता हुन् | रौतहटबाट जानकारी र समाचारको जिम्मेवारी उहाँका हुन् | मोबाईल नंं :+9779855040872 | उहाँलाई समाजिक सञ्जाल फेसबुक र टवीटरमा पनि भेटन सकिन्छ |

यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...