जब मधेशको प्रथम शहिद 'रमेश' को शरणमा पुगे 'डा. सिके राउत'

आशंकालाई चिर्दै उनका समर्थकहरु भारी सँख्यामा सहभागी भएर उनलाई हौसला प्रदान गरेको देखियो । 

२०७५ चैत ५ मंगलबार
दिउसो १२:५३ बजे
विनय कु. यादव | सिरहा


न्यूज ब्यूरो, सिरहा । पूर्व स्वतन्त्र मधेश गठबन्धनका सँयोजक एवम् वर्तमान जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजनीतिमा अवतरणपछि पहिलो पटक शहिदको शरणमा पुगेका छन् ।

 

मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोको शालिकमा मल्यार्पण गर्दैै डा. राउतले शालिकमै सम्मान दर्साए । बृहत रयाली सुरु गर्न डा. राउतले सप्तरीदेखि लहानसम्मको कार्यक्रम राखेको भएपनि मधेश आन्दोलनको उदगम स्थल लहानबाटै शहिदको दर्शन र सम्मानपछि मात्र आफ्नो अभिनन्दन कार्यक्रम राख्न भनेपछि कार्यक्रम उल्टो गरिएको हो । 

 

डा. राउतले मधेशको लागि ज्यानको आहुति दिएका रमेश महतोको शालिकमा फूलमाला अबिर लगाएर सम्मान गर्दै अब लहानबाटै रयाली सुरु गरेर उनको पैतृक गाउँ भारदसम्म जाने तथा सप्तरीकै रुपनीमा भने नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरिएको छ । मूलधारको राजनीतिमा अवरण गरेपछि उनका समर्थक एवम् स्थानीयवासीहरुले उल्लासका साथ नागरिक अभिनन्दन कार्यक्रम राखेका छन् ।

 


सिके राउतको गाडी पछाडी सयौँको सँख्यामा मोटरसाईकलमा सवार उनका समर्थकहरु लहानमा जनमत दो, आजादी लो भन्दै डा. सिके राउत जिन्दावाद, जनमत पार्टी जिन्दावादको नारा चर्काएका हुन् । सिके राउतलाई हेर्नको लागि पनि मोटो सँख्यामा जनसागर ओर्लिएको देखियो । लहानको शहिदचौकमै करिब ७ मिनेट जति मात्र पखेका डा. राउतको समर्थनमा चर्को नारा गुञ्जिएको थियो । 

 


बृहत रयाली अहिले सिरहाको लहानबाट सुरु भएर राजमार्ग हुँदै सप्तरीको भारदह (डा. सिके राउतको जन्मस्थल) र रुपनी सम्म पुग्ने छ । उनको रयालीमा राजनीति कारणले जनमास कम हुने आशंका गरिएपनि आशंकालाई चिर्दै उनका समर्थकहरु भारी सँख्यामा सहभागी भएर उनलाई हौसला प्रदान गरेको देखियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७५ चैत ५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus