डा. सिके राउत प्रकरण : यूएनको गाडीले चालकको नोकरी खतरामा !

पत्रकारको एक सानो गल्तीकै कारण मेरो जागिर गुमाउन नपरोस् ।

२०७५ चैत ५ मंगलबार
बिहान ०९:२६ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, सिरहा । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतसँग सँयुक्त राष्ट्र संघका प्रतिनीधिको गोप्य भेटघाट भएको समाचारलाई अफवाह बताउँदै त्यही अफवाहकै कारण चालकको जागिर खतरामा परेको आरोप लगाइएको छ ।  


डा. राउतको बैठक सिरहाको लहान स्थित रहेको मारवाडी सेवा सदनमा यूएन (सँयुक्त राष्ट्र संघ) को गाडी समेत पाकिंग भएको भन्दै राउतसँग नै संघका प्रतिनीधिको भेटघाट भएको कुरा अफवाह मात्र रहेको बताइएको छ । गठबन्धन परिषदका सदस्य  बिष्णु चौधरीका अनुसार, "जुनसुकै मिडिया होस अफवाहबाट टाढै हुनुपर्छ, तर केही विरामी मानसिकताका कारण यस्ता हर्कत र अफवाहबाट परै नगएको पनि देखिएको छ ।" 


सिरहाको लहान स्थित रहेको मारवाडी सेवा सदनमा युएन गाडीका चालक उत्तर कुमार श्रेष्ठले एउट कोठा बुक गरेर एक्लै बस्दै आएका थिए । सदनका कर्मचारीका अनुसार, -"श्रेष्ठ बाहेक अरु कोही पनि थिएनन जसको प्रमाण र इन्ट्री बुकमा समेत रेकर्ड दाखिला गरिएको छ । अफवाह फैलाएर चालक श्रेष्ठलाई बदनाम गर्न मात्र खोजिएको छ ।" 


चालक उत्तर कुमार श्रेष्ठले भने, "मारवाडी सदनमा होटलभन्दा कोठा सस्तो भएको कारणले सदनै कोठा बुक गरेको थिए । तर मलाई के थाहा की यस्ता मिडियाहरुले तिलको ताड बनाउँछ होला ?"  यस्ता समाचारप्रति दुःख व्यक्त गर्दै अफवाह समाचारका कारण आफ्नो जागिर खतरामा रहेको बताए । उनले भने, -"पत्रकारको एक सानो गल्तीकै कारण मेरो जागिर गुमाउन नपरोस् ।"

 

पूर्व स्वतन्त्र मधेश गठबन्धनका सँयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग सँयुक्त राष्ट्र सँघका प्रतिनीधिको गोप्य भेटघाट भएको समाचार काठमान्डौँबाट सँचालित लोकान्तर डटकमले लेखेको थियो जसको कारण एक चालकको जागिरै जाने अवस्था सृजना भएको छ । 

 

हिन्दी पत्रिका हिमालीनीको सहयोगमा

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७५ चैत ५ मंगलबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus