कान्छो मेयरको होलीमा नेकपाको रँग, दर्जनौ नेताकार्यकर्ताले गरे फोरम पार्टी परित्याग

उदय बरबरिया यादवले फूलमाला एवम् अविर लगाई पार्टी प्रवेश गराएका थिए।

२०७५ चैत ५ मंगलबार
बिहान ०८:५५ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा दर्जनौ नेता तथा कार्यकर्ता फोरम पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।

 

सोमबार धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. ८ विसरभोरामा आयोजना गरिएको होली पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा फोरम सहित अन्य पार्टी परित्याग गर्दै दर्जनौँ नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।

 


नेपाल कम्युनिषट पार्टी  (ने क पा)  शहिदनगर नगरपालिकाद्वारा आयोजित सो कार्यक्रममा दर्जन बढी नेता तथा कार्यकर्ताहरुले होली खेल्दै नेकपामा प्रवेश गरेका हुन् ।  नेकपाका वरिष्ठ एवम् केन्द्रीय सदस्य तथा क्रान्तिकारी नेता श्रवण बरबरिया यादवको प्रमुख आतिथ्यमा डाकिएको सो कार्यक्रममा फोरम पार्टी परित्याग गरि बिन्देश्वर गोईत लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए ।

 

मिथिला नाट्यकला परिषद जनकपुरको साँगितिकमय धुनमा रमाउँदै उनीहरुले एक आपसमा रँग अबिर दल्दै विभिन्न पार्टीलाई परित्याग गरी नेकपामा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई प्रमुख अतिथि  बरबरिया र  शहिदनगर नगरपालिकाका मेयर तथा नेकपा को प्रदेश नं २  प्रदेश कमिटी सदस्य उदय बरबरिया यादवले फूलमाला एवम् अविर लगाई पार्टी प्रवेश गराएका थिए।


विसरभोरामा फोरम परित्याग गरि ने.क.पा.मा प्रवेश गर्ने प्रभावशाली नेता विन्देशवर गोइत, रामचन्द्र दास, कलेश दास, राजगिर दास, पबितर दास, सहदेव दास, श्चकृषण दास, रविन दास , दिनेश दास, विल्टु दास, राजकुमार दास, सत्यनारायण राय, रामविलास कुर्मी, महिन्द्र, सुर्यनाथ दास, रामबाबु दास, भिलाइ दास, भुला दास, कारी दास, कमलदेव , भोदु यादव, भोलु गोइत, भुला वुलगरिया, मोहन ठाकुर लगायतका अन्य दर्जनौ कार्यकर्ताहरु समेत प्रवेश गरेका छन्।

 

सो  कार्यक्रममा नेकपाका नेताहरु तनुकलाल कुसियत, रामदेव मरिक, रामकिशोर पासवान, बैजनाथ मण्डल, बीरेन्द्र मण्डल, रुपेश बिराजी ,राकेश बिराजि, शिवकुमार गोहिवार, सुरेश पासवान, सुरेन्द्र राइ , अरविंद भिनवार लगायत नेताहरुको उपस्थिति रहेको थियो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०७५ चैत ५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus