• २०७६ कार्तिक ६ गते, बुधबार



धनुषाको हँसपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने 


न्यूज ब्यूरो, धनुषा । आउँदो चैत्त २३ गते धनुषाको हँसपुर कठपुल्लामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । 

 

हँसपुर नगरपालिकाको स्वास्थ्यचौकी हँसपुर कठपुल्लामा बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको बाल रोग  विशेषज्ञ डा. अरुण कुमार सिँहले जानकारी दिए । सिँहका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा नगरपालिका सहित आसपासका नगरका बालबालिकाहरुको समेत स्वास्थ्य परीक्षण गरिने छ । 


विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बरिष्ठ बाल रोग विशेषज्ञ समेत रहेका डा. सिँहले समाजसेवा हेतु पनि विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएकोमा सेवा नै धर्म हो भन्ने मूल नाराका साथ वडाध्यक्ष उदय सिँहको नेतृत्व तथा पहलमा स्वास्थ्य शिविरको आयोजना गरिने जानकारी दिएका छन् ।


कठपुल्लाको मन्दिर नजिकै रहेको अस्पतालमा विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निःशुल्क स्वास्थ्य शिवर आयोजना हुने भएको छ । डा. सिँहले उक्त शिविरबाट स्थानीयहरुले लाभ उठाउन अपिल समेत गरेका छन् । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...