स्वर्ण पदक जितेका अजितलाई मधेश सरकारले ५ लाख रुपैयाँ पुरस्कार दिने
न्यूज ब्यूरो, सप्तरी । हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेको सप्तरी निवासी अजित यादवलाई मधेश सरकारले ५ लाख पुरस्कार दिने घोषणा गरेको छ । मन्त्री परिषदको सोमबार सम्पन्न बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश नं.२ को नाम

२०७५ चैत ४ सोमबार, राति ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेको सप्तरी निवासी अजित यादवलाई मधेश सरकारले ५ लाख पुरस्कार दिने घोषणा गरेको छ ।
मन्त्री परिषदको सोमबार सम्पन्न बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश नं.२ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप पाँच लाख नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको हो ।
हङकङमा आइतवार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३००० तीन हजार मिटर दौडमा आठ मिनेट ३०।३२ सेकेण्डमा पूरा गर्दै सप्तरी जिल्ला निवासी अजित कुमार यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन ।
अजित यादव यस प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी समेत बनेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…