डा. सिके राउतले खोले नयाँ राजनीतिक पार्टी , के छ पार्टीको नाम ? हेर्नुहोस् !

अन्ततः डा. राउतकै नेतृत्वमा ३५ सदस्यीय तदर्थ समिति गठन गर्दै नयाँ पार्टी जनमत पार्टी गठन गरेका हुन् ।

२०७५ चैत ४ सोमबार
दिउसो ४:०६ बजे
न्यूज ब्यूरो | नेपाल

न्यूज ब्यूरो, लहान । पूर्व स्वतन्त्र मधेश गठबन्धनका सँयोजक रहेका डा. सिके राउतले नयाँ पार्टी खोलेका छन् । 

 

दुईदिनसम्म चलेको गठबन्धनको दुईदिवसीय राष्ट्रिय परिषदको बैठकबाट डा. राउतकै नेतृत्वमा "जनमत पार्टी" गठन गरिएको छ । उक्त पार्टीमा ३५ सदस्यीय कार्यकारिणी समिति समेत गठन गरिएको जनाइएको छ । 


स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्लाको लहान वडा नं.७ मा चैत्र ३ र ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला)बाट  विभिन्न जिल्लाबाट आएका १ सय ५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गरिने भएको छ । 


अलगै मधेशको नारा लिएर उभिदै आएका डा. राउत जेलबाट बाहिर निस्केको लगत्तै नेकपा सरकारसँग राजनीतिक अवतरण गरेपछि नयाँ पार्टीको जन्म भएको बताइएको थियो । अन्ततः डा. राउतकै नेतृत्वमा ३५ सदस्यीय तदर्थ समिति गठन गर्दै नयाँ पार्टी जनमत पार्टी गठन गरेका हुन् ।


राष्ट्रिय परिषदको बैठकबाट विभिन्न निर्णयहरु गरेका छन् । पूर्व स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता एवम् वर्तमान गठित जनमत पार्टीका समेत केन्द्रीय सदस्य पदमा चयन भएका अब्दुल खानले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न निर्णयको बारेमा प्रष्टयाएका छन् । खानद्धारा जारी गरिएको प्रेस विज्ञप्ति यस प्रकारको रहेको छ :

====================

डा. सी. के. राउतको नेतृत्वमा 'जनमत पार्टी' गठन, ३५ सदस्यीय कार्यकारिणी समिति गठन
प्रेस-विज्ञप्ति - २०७५ चैत्र ४ गते सोमबार

स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्लाको लहान वडा नं-७ मा चैत्र ३-४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला) विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ।

निर्णय गरिएका महत्त्वपूर्ण केही बूँदाहरु :-

• स्वतन्त्र मधेश गठबन्धनले “मधेश स्वराज आन्दोलन”मा समर्पित भएर योगदान दिँदै आएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम-जनताको योगदानको उच्चतम कदर गर्दै स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११-बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गरेको छ।

• केन्द्रिय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गरेको छ।
o पार्टीको नाम “जनमत पार्टी” राख्ने निर्णय गरेको छ।
o पार्टीको झण्डामा क्रमश: रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ।
o पार्टीको लोगोको रुपमा अष्टदलको छेऊमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने छ। पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गरेको छ। 
o पार्टीको चुनावचिन्हमा “अष्टदल” लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ।
o केन्द्रिय भेलाले पार्टीको लागि ३५-सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गरिनेछ।केन्द्रिय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

३५-सदस्यीय केन्द्रिय कार्यकारिणी समितिमा डा. सिके राउत राष्ट्रिय अध्यक्ष तथा केन्द्रिय सदस्यहरुमा कैलाश महतो (महोत्तरी), राज कुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरंग), सीताराम पंडित (सुन्सरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), संजय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), संजय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन्। बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

• स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११-बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ श्री चन्दन सिंहको संयोजकत्वमा ३-सदस्यीय सहमति कार्यान्वयन समितिलाई सो कार्यको जिम्मेबारी सुम्पेको छ।त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेबारी दिइएको छ।

• “जनमत पार्टी” को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र नि:स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको छ।

• “जनमत पार्टी” सम्पूर्ण जनता, पत्रकार, नागरिक समाज, राजनीति पार्टी तथा सामाजिक संघ-संगठनलाई सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध गर्दछ।

धन्यवाद !

अब्दुल खान
केन्द्रिय सदस्य
जनमत पार्टी

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

एजेन्सी ।  अमेरिकामा टिकटकमाथि प्रतिवन्ध लगाउनका लागि बाटो खुला भएको छ ।  अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको व्यवस्थाअनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुला

पूरा पढ्नुहोस्

Bureau Menus

} }