नेपाल अलैंची व्यवसायी महासंघको अधिबेशन धनकुटामा हुने 

‘नेपाली अलैँचीले भारतकै बजार भर पर्नु परेकाले पनि मूल्य पाउन नसकेको हो’, उनले भने । 

२०७५ चैत ३ आइतबार
रति ८:५४ बजे
सुसमा तिखत्री

न्यूज ब्यूरो, झापा ।   नेपाल अलैँची व्यवसायी महासंघको छैठौ साधारणसभा तथा तेस्रो महाधिवेशन धनकुटाको हिलेमा हुने भएको छ । 


१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा चैत ९ र १० गते महाधिवेशन सम्पन्न हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार महाधिवेशनमा केन्द्र र जिल्लाका २ सयभन्दा बढी व्यवसायीको सहभागिता रहनेछ ।

 

महाधिवेशनमा वर्षभरि उत्कृष्ट कार्य गर्ने जिल्ला शाखा, उत्कृष्ट एक जना कृषक, र उत्कृष्ट एक जना व्यवसायीलाई सम्मानसँगै पुरस्कृत गरिने पनि अध्यक्ष भट्टराईले बताए । अलैँचीको खेत विस्तारका लागि आवश्यक बिरुवा, प्राविधिक सहयोग आदिका विषयमा राज्यको ध्यानाकर्षण गराउँदै विश्व बजारमा नेपाली अलैँचीको सहज पहुँचलाई व्यवस्थित गराउनेलगायतका विषयमा महाधिवशेनमा छलफल हुने बताइएको छ । महासंघको केन्द्र तथा शाखामा एक हजार पाँच सय जना सदस्य आवद्ध छन् । 

 

२०६४ सालमा स्थापित महासंघको १ नम्बर प्रदेशमा सात गरी १५ वटा शाखा रहेका छन् ।यसैबीच, अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दो भए पनि केही वर्षयता मूल्यमा आएको गिरावटले व्यवसायी तथा कृषक मर्माहत बनेको अध्यक्ष भट्टराईको भनाइ छ । ‘नेपाली अलैँचीले भारतकै बजार भर पर्नु परेकाले पनि मूल्य पाउन नसकेको हो’, उनले भने । 

 

त्यस्तै, भारत र भुटानमा पनि पछिल्लो समय अलैँची उत्पादन हुन थालेकाले पनि नेपाली अलैँचीले मूल्य पाउन नसकेको बताइएको छ ।नेपाली अलैँचीको अन्तर्राष्ट्रिय ट्रेडमार्क प्रक्रियालाई अघि बढाएको खण्डमा विश्वका अन्य बजारमा पु¥याउन भूमिका खेल्नसके नेपाली अलैँचीले उचित मूल्य पाउने हुँदा किसान र व्यवसायी लाभान्वित हुने उनीहरुको बुझाइ छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७५ चैत ३ आइतबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus