सिरहामा भिषण आगलागी, ३ घर जले !

२०७५ चैत ३ आइतबार
रति ८:१० बजे
विनय कु. यादव | सिरहा

न्यूज ब्यूरो, सिरहा । सिरहामा आगलागी भिषण आगलगी हुँदा ५ लाख बराबरको क्षति भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका ३ राजपुरमा स्थानीय रामऔतार ठाकुरको घरमा आगलागी भएको हो ।


आइतबार बेलुकी साढे ६ बजेतिर लामखुट्टे भगाउन बालेको आगो सल्केर भएको आगलागीमा परेर ठाकुरको ३ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने एउटा घरमा आंशिक क्षति भएको जनाइएको छ ।


आगोले घरमा रहेको चौपाया (संख्या यकिन भइनसकेको), अन्नपात, लत्ताकपडा लगायतका जिन्सी समानहरु जलेर नष्ट भएको प्रत्यक्षदर्शी पत्रकार शिवदयाल यादवले जानकारी दिए ।आगलागीको सूचना लगत्तै सिरहा र गोलबजारबाट गएको दुईवटा वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७५ चैत ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus