• २०७६ असार ४ गते, बुधबार
०३:१८ pm

मधेश सरकार किसानको काँधमा काँध मिलाएर साथ दिन तत्पर छ : कृषिमन्त्री साह

गरिबी र बेरोजगारी निवारणका लागि कृषि ‘रामवाण’ : मन्त्री साह

न्यूज ब्यूरो, सिरहा । मधेश तथा समग्र नेपालमा विकराल गरिबी र बेरोजगारी निवारणका लागि सबैले कृषि क्षेत्र अपनाउनु आवश्यक रहेको प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले औल्याएका छन् । 

 

सिरहाको मिर्चैया नगरपालिका–९, घुर्मी बजारमा अवस्थित शिव शक्ति कृषि सहकारी संस्था लिमिटेडको ७औं वार्षिक साधारण सभा तथा नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सबैले जोडतोडले कृषिमा लागे रोजगारीका लागि बाहिर धाउनु नपर्ने बताएका हुन् ।

 

कृषकहरुको मनोबल बढाउन एक विघा वा सोभन्दा बढी जग्गा खेती गर्ने किसानको खातामै अगामि वर्षदेखि प्रदेश सरकारले १० हजार रुपैयाँ पठाइदिने प्रतिवद्धता गरे । 

 

कृषि प्रधान देश तथा कृषिको मेरदण्ड मानिएको नेपालमा कृषिबाटै आर्थिक क्रान्ति भित्र्याउन प्रदेश २ सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जानकारी गराए । उनले सरकारको नीतिको उदासिनताका कारण कृषक तथा सहकारी व्यवसायीहरुको उत्थान हुन नसकेको जिकिर गर्दै कृषी र सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश २ सरकारले सहकारी ऐन चाँडै नै ल्याउन लागेको जनाए ।

 

प्रदेश सरकार गठन भएको एकवर्षको अवधिमा प्रदेश २ सरकारले कृष तथा सहकारी क्षेत्रका लागि आधारभूत संरचनाहरु तयार पारिसकेको जनाउँदै उनले कृषक तथा सहकारी व्यवसायीहरुको मनोबल बढाउन अब चाँडै नै नयाँ नयाँ योजनाहरु ल्याइने बताए । 

 

प्रदेश २ सरकारले कृषि क्षेत्र उपर गरेको परिकल्पना पूरा गर्नका किसानलाई काँधमा काँधमा मिलाएर साथ दिन प्रदेश सरकार तत्पर रहेको बताए । उनले कृषकहरुको मनोबल बढाउन एक विघा वा सोभन्दा बढी जग्गा खेती गर्ने किसानको खातामै अगामि वर्षदेखि प्रदेश सरकारले १० हजार रुपैयाँ पठाइदिने प्रतिवद्धता गरे । 

 

त्यस्तै, कृषकहरुलाई सहजता प्रदान गर्न प्रदेश सरकारले केहिदिन भित्रै प्रदेश २ को हरेक स्थानीय तहहरुमा कृषियन्त्र उपलब्ध गराउने जानकारी दिए । मन्त्री साहले कृषक तथा व्यवसायीहरुको उत्थानका लागि प्रदेश सरकार अग्रसर रहेको जनाए । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै सिरहा निर्वाचन क्षेत्र नं. ४ ‘क’ का प्रदेश सांसद दिलिप साहले सहकारी व्यवसायीहरुलाई मुनाफा मात्र नहेरी जनताको हितमा सेवा प्रवाह गर्न आग्रह गरे । 

 

शिव शक्ति कृषि तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपेन्द्र साहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र सहभागि थिए भने विशिष्ट अतिथिका रुपमा प्रदेश सांसद दिलिप साह सहभागि थिए । 

 

त्यसैगरी, अतिथिका रुपमा फोरमका विष्णु साह, रामदयाल यादव, विरेश्वर यादव, स्वास्थ्यकर्मी अकलदेव सिँह, मिर्चैया अद्योग वाणिज्य संघका उपाध्यक्ष भरत महासेठलगायतका व्यक्तित्वहरु उपस्थित थिए ।

 

कार्यक्रममा उत्कृष्ट कृषक, वचतकर्ता लगायतका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

(ब्यूरो प्रमुख)

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित ब्यूरो प्रमुख समेत हुन् । उहाँ प्रदेश २ लगायत देशभरिकै सरोकारगत समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | Email : [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस