• २०७६ असार ४ गते, बुधबार
०५:१२ am

सिरहामा तीव्र गतिका कारण मोटरसाईकल लडेपछि १ को ज्यान गयो !

थप उपचारका लागि बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यू भएको डिएसपी खनालले जनाए ।

Pic credit : Google

न्यूज ब्यूरो, सिरहा । सिरहाको चोहर्वामा मोटरसाईकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका–३ स्थित चोहर्वामा शनिवार विहान करिब १० बजेको समयमा गुडिरहेको मोटरसाईकल तीव्र गतिका कारण लडेपछि दुर्घटना भएको हो ।

 

पूर्वबाट पश्चिम तर्फ ज. १२ प. ६६४९ नम्बरको मोटरसाईकल गुडाउडै गइरहेका सिरहाको नरहा–३ पानवारीका १८ वर्षीय अजय कुमार ठाकुरको मृत्यू भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी शुकदेव खनालले जानकारी दिए । 

 

उनको मिर्चैयास्थित मँगलम हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यू भएको डिएसपी खनालले जनाए ।


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस