• २०७६ बैशाख ६ गते, शुक्रबार
०२:०५ am

पुनः निर्माणका प्राविधिकहरु आन्दोलनमा, भोली सम्पूर्ण जिल्लाका कामकाज ठप्प गर्ने 

चैत्त १० गते  घेराउ गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुले आईतबारदेखि चरणवद्ध आन्दोलन गर्ने भएको छ । 

 

शुक्रबार एक प्रेस विज्ञिप्ति जारी गर्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरण : प्राविधिक हकहित संरक्षण समितिको बैठकले पुननिर्माणमा कार्यरत प्राविधिकहरुको मागलाई सरकारले वेवास्ता गरेको भन्दै उनीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

 

प्राविधिक हकहित संरक्षण समितिले सरकारलाई पेश गरेको ५ बुंदे मागहरु उपर मौनता साँधेको भन्दै प्राधिकरणमा कार्यरत सम्पूर्ण प्राविधिकहरुले आफूहरुको माग सम्बोधन नहुन्जेल आन्दोलन नरोकिने जनाइएको छ । उनीहरुले सरकारद्धारा प्राविधिहरु हेपेर अगाडी बढने नीति लिएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

 

प्राविधिकहरुले चैत्त ३ गते आईतबारदेखि सम्पूर्ण ३२ सै जिल्लाका प्राविधिकहरुले काम ठप्प पारी (CS Entry) सिएस इन्टरी समेतको काम पूर्ण रुपले रोक्ने , चैत्त ४ गते सोमबार सम्पूर्ण जिल्लाका DLPIU हरुमा तालाबन्दी गर्ने र सम्पूर्ण ३२ सै जिल्लामा कार्यरत साथीहरु काठमान्डौँमा भेला भई चैत्त १० गते  घेराउ गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

 

समितिका अध्यक्ष अविनाश अमर, कार्यकारी सचिव भरत विश्वकर्मा, उपाध्यक्षत्रय प्रदिप बराकोटी, सूर्य मोहन ढकाल, धनन्जय कुमार हसी सहित समितिका सदस्हरु बलराम घिमिरे, मनोज अधिकारी, दिनेश भट्टराई, जनक बहादुर बुढा र सुधा घिमिरेद्धारा सँयुक्त हस्ताक्षरित विज्ञप्तिमा माग सम्बोधनको लागि ध्यानाकर्षण गराउँदै आन्दोलनका कार्यक्रमहरु सार्वजनिकीकरण गरिएको हो । 

 

प्राविधिकहरुले अतिरिक्त काम गरेवापत भत्ता उपलब्ध गराउनुपर्ने भन्दै माघ १० गतेको समितिको निर्णय अनुसार नै नेपाल सरकारसँग माग गरेको थियो । उनीहरुले विगतमा कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू भएका निकायहरु तथा अर्थ मन्त्रालय अन्तर्गतका भन्सार कार्यलय र राजस्व कार्यालयसमेत मा कार्यरत कर्मचारीलाई नियमित कार्यालय समयमा निजको जिम्मेवारी अनुसारको कार्य लगातार गरिरहँदा पनि आफनो कार्यसम्पादन गर्न नभ्याउने अवस्था परी अतिरिक्त समयमा कार्यालयमा रही कार्यसम्पादन गर्नुपर्ने भएमा फागुन १ गतेदेखि लागू हुने गरी आगामी वर्ष २०७६ असार मसान्तसम्मका लागि अतिरिक्त समय काम गरेवापत भत्ता उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन् । 

 

प्राविधिकहरुको माग यस प्रकार छन् । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस