• २०७५ चैत ११ गते, सोमबार
०९:०४ am

राजमार्गको बिचौबीच कुकर बम, आवागमन ठप्प 


न्यूज ब्यूरो, सुनसरी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा महेन्द्र राजमार्गको बिच भागमा कुकर बम भेटिएको छ ।


 करिब डेढ घण्टा अघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँडनु हामीले बम राख्यौँ भन्दै बम राखेको प्रत्यक्षदर्शीले बताए ।

 

सडकको बिच भागमा कुकरमा रातो टेपले बाँधेर करिब २० मिटरको तार समेत जोडी बम राखी कार्यकर्ताहरु जंगल पसेका थिए । बेलबारी नगरपालिका वार्ड नं ८ राधानगरमा रहेको पेट्रोल खानी र चिसाङको विचमाको जङ्गलमा सङ्खास्पद सामग्री भेटिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

 

सोही ठाँउमा ईलाका प्रहरी कार्यलय बेलबारीको टोली,पथरीको टोली घटनास्थलमा पुगेको छ । सो क्षेत्रमा सवारी आवागमन बन्द भएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस