परिक्रमावासीलाई स्वागतको लागि स्थानीय प्रहरीद्धारा वृहत सरसफाई

२०७५ फाल्गुण ३० बिहीबार
दिउसो २:३४ बजे
विनय कुमार यादव


न्यूज ब्यूरो, धनुषा । मधेशको १५ दिने माध्यमिकी परिक्रमावासीलाई स्वागतको लागि स्थानीय प्रहरीद्धारा वृहत सरसफाई गरिएको छ । 

 

महोत्तरी जिल्लाको अन्तिम पडाव भँगहा नगरपालिकाको कञ्चनवनमा राती विश्राम गरेका परिक्रमाको धार्मिक लस्कर विहानै धनुषाको पर्वत पुगेका छन् । परिक्रमाको धार्मिक लस्करलाई भव्य स्वागतको लागि स्थानीय युवाहरु तथा प्रहरीको सक्रियतामा वृहत सरफाई गरी स्वागत गर्ने कार्यक्रम रहेको छ ।


उमाप्रेमपुर प्रहरी चौकीका इन्चार्ज गोपाल श्रेष्ठको अगुवाइमा धार्मिक लस्कर परिक्रमालाई मध्यनजर गर्दै नौसयविघाको बजार बाटो घाटो परिसरमा बृहत सरसफाइ गरिएको हो ।  बुधबार बिहानै ७ः३० बजेदेखि समयमा विभिन्न राजनेतिक दलका प्रतिनिधि स्थानीय ब्यपारी प्रहरी समेतको रोहबरमा सरसफाइ गरिएको थियो ।


आज शुक्रबार विहानै पर्वता (नौसयविघा) पुगेका परिक्रमाको धार्मिक लस्करलाई स्थानीय जनप्रतिनीधि र नगरपालिकाले स्वागतमा कुनै कसर नछाडने तथा युवाहरुलाई समेत सुरक्षा दृष्टिकोणले परिचालन गरिएको जनाइएको छ । भोली विहानै धनुषाधामको लागि परिक्रममावासीहरु प्रस्थान गर्ने भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त !

  • २०७५ फाल्गुण ३० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी देखिएको छ ।  न्यूज ब्यूरोले फेला पारेको एक सिसिटीभी

पूरा पढ्नुहोस्

Bureau Menus