• २०७५ चैत ११ गते, सोमबार
०९:०४ am

नेता अरगरियाद्धारा धर्मशालाको शिलान्यास 


न्यूज ब्यूरो, धनुषा ।  प्रतिनीधि सभा सदस्य उमा शंकर अरगरियाले धनुषाको सघारामा धर्मशालाको शिलान्यास गरेका छन् ।

 

धनुषाको कमला नगरपालिका वडा नं.४ सघारा चौकमा कृष्ण मन्दिरको प्रांगणमा धर्मशाला निर्माणकार्यलाई नेता अरगरियाले शिलान्यास गरेका हुन। धनुषा निर्वाचन क्षेत्र नं.२ मा संघीय समाजवादी फोरम नेपालले धनुषा जिल्ला निर्वाचन श्रेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् फोरम नेपालको केन्द्रीय सदस्य सहित रहेका नेता अरगरियाले धर्मशालको शिलान्यास गरेका हुन् । 

 

फोरमको प्रमुख सचेतक समेत रहेका अरगरियाले संसदीय कोष स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमबाट धनुषाको कमला नगरपालिका वडा नं. ४ सघारा चौकमा  कृष्ण मन्दिरको प्रांगणमा २० लाखको लागतमा  धर्मशाला निर्माण कार्यको एक कार्यक्रम बीच  शिलान्यास गरेका छन् । 

 

त्यस्तै, सांसदिय बजेट बाट धनुषाको औरही गाउँपालिका वडा नं.१ पुरन्दैहियामा १८ लाख लागतमा सामुदायिक भवनको शिलान्यास गरिएको छ । सांसदिय कोषबाट आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमबाट बुधबार उक्त धर्मशाला भवनको निर्माणको कार्यक्रम गरेको जनाइएको छ ।

 

सो कार्यक्रममा सांसद अरगरियाले भने, "अब निर्वाचन क्षेत्र नम्बर २ मा बिकासका योजनाहरु एकदम ठोस र बलियोका साथ सुरु हुदैछ । जनताको भावना बमोजिको विकासको अनुभूति दिनलाउन हरसम्भव प्रयास गर्नेछु ।"


 साथै हुलाकी सडकको कमला नदिमा  पुल निर्माण कार्यलाई निरीक्षण गर्दै पुल निर्माणका बिषयमा त्यस क्षेत्रका जनताहरुको जन गुनासो सुन्दै अरगरियाले भने, - "मैले सदन मार्फत बराबर हुलाकी सडक र कमला पुलको बारेमा आवाज उठाउदै गरेको रहेछु  । तर अहिले पनि कामको ढिलाइले जनताहरु लाई सास्ती भोग्नुपरेको रहेछ । अब जसरी भएपनि छिटोछरितो पुलको काम गराउने  सिलसिलाको लागि सदन मार्फत फेरि जोडदार आवाज उठाएर काम गराउने प्रतिबद्धता व्यक्त गरेको थिए ।


सो कार्यक्रममा संघीय समाजवादी फोरम नेपालधनुषा  जिल्लाका नेताहरु र क्षेत्रीय नेताकार्यकर्ताहरु मनिक लाल मण्डल , राम किसुन मण्डल , घुरण मण्डल , राम चलितर यादव , त्रिलोक महतो ,जिबछ यादव ,केन्द्रीय सदस्य अरुण सिह मण्डल ,वडा अध्यक्ष पल्टु कवारी ने।का।वडा प्रतिनिधि राम नगिना साह लगायतका नेताकार्यकर्ताका उपस्थिति रहेको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस