• २०७६ जेठ ११ गते, शनिबार
१२:४५ pm

सिरहामा विहे भोज तयारी गर्ने क्रममा ग्यास लिक भएर आगलागी, ५० लाख बराबरको क्षति !

मंगलबार विहेको खाना तयारी गर्ने क्रममा अचानक ग्यास लिक भएर आगलागी भएको हो ।

न्यूज ब्यूरो, सिरहा । सिरहामा ग्यास लिक भएर आगलागी हुँदा ५० मूल्य बराबरको क्षति भएको छ । सिरहाको लहान नगरपालिका २२ गम्हरिया टोलमा आज (मंगलबार) विहेको खाना तयारी गर्ने क्रममा अचानक ग्यास लिक भएर आगलागी भएको हो ।

 

स्थानीय राधेश्याम चौधरीकी छोरी सुषमा चौधरीको विहेमा खाना तयारी गर्ने क्रममा भएको आगलागीबाट करिब ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

 

आगोले चौधरीको १ घर, ८ लाख बराबरको जिन्सी सामग्री, नगद २ लाख, सुन डेढ तोला, चाँदी ६० तोला नष्ट भएको छ । ठिठर चौधरीको एउटा घर, २ लाख बराबरको विभिन्न समान र नगद १ लाख ५० हजार जलेर खरानी बनेको छ ।

 

त्यस्तै, बालकृष्ण चौधरीको १ लाखको सर समान, सुखि चौधरीको जिन्सी ४ लाख, नगद १ लाख ५० हजार, चाँदी ४० तोला, मिठन चौधरीको २० हजारको पराल लगायतका समान जलेको बताइएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | Email : [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस