कान्छो मेयरले एकैसाथ स्वास्थ्यचौकी र रामजानकी मन्दिर बनाउँदै 

त्यही भएर उनीहरुलाई सौगात स्वरुप एउटै वडामा स्वास्थ्यचौकी र रामजानकी मन्दिरको शिलान्यास गरेका छु ।

२०७५ फाल्गुण २८ मंगलबार
बेलुकी ६:०२ बजे
न्यूज ब्यूरो, धनुषा ।


न्यूज ब्यूरो, धनुषा । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले स्वास्थ्यचौकी र रामजानकी मन्दिर निर्माण गर्न लागेका छन् ।

 

शहिदनगर नगरपालिकाको वडा नं. ६ हडबारा र हठ्ठिपुर टोलमा एकैपटक दुई योजनको शिलान्यास गर्दै नगरको जनताको स्वास्थ्य जिम्मेवारी सहित धार्मिक आस्था पनि हाम्रो दायित्व रहेको बताए । हडबारमा स्वास्थ्यचौकी निर्माणको लागि मँगलबार एक कार्यक्रमबीच भवन शिलान्यास गरेका हुन भने त्यससँगै हठ्ठिपुरमा समेत रामजानकी मन्दिरको शिलान्यास गरेका हुन् ।


नगरको जनताको स्वास्थ्यको अभिभारा भएको भन्दै उक्त टोलमा विगतदेखि नै स्वास्थ्यचौकीको अभाव रहेको तथा स्थानीय सर्वसाधारणहरुको माग बमोजिम ३० लाख रुपैयाँको लागतमा उक्त स्वास्थ्यचौकी निर्माण हुने मेयर बरबरियाले बताए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले भने, - "जनताको स्वास्थ्य नै नगरपालिकाको मूल सम्पति हो, र जनमानसको स्वस्थ्यको अभिभारा नगरको अभिभावकत्वको हिसाबले पनि जिम्मेवारी बन्न आउँथ्यो । त्यस उपर स्थानीय जनताहरुले समेत स्वास्थ्यचौकीको अभावमा विरामीहरुलाई सास्ती भइरहेको बेला उत्तः ठाउँमा स्वास्थ्यचौकी निर्माणको लागि ३० लाख रुपैयाँ विनियोजन गरेका छु ।" 

 

 

शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष  रामएकबाल मण्डलको अगुवाईमा भएको शिलान्यास कार्यक्रममा मेयर बरबरियाले जग्गा पूजन गर्दै स्वास्थ्यचौकी र रामजानकी मन्दिरको शिलान्यास गरेका हुन् । नगरको कार्यकाल सम्हालेदेखि नै विकास निर्माणको कार्यमा सक्रिय देखिएका मेयर बरबरियाले समय समयमा स्थानीय जनतालाई मन जित्न सफल भएको देखिएको छ । 

 

उनले भने, - "जनताको चाहना बमोजिमको विकास हुनु जरुरी छ । त्यही जनताको अमूल्य मत पाएर आज नगरको अभिभावकत्वता महसुस भएको छ र उनीहरुको लािग केही गरु भनेर मनमा उमँगका साथै जोश जागर उम्रेर आउँछ । वास्तवमा जनताले चाहेको के हो ? त्यसलाई मध्यनजर गर्दै उनीहरुको चाहना बमोजिम हामीले कार्य गर्दै आएका छौँ । आस्थाको मामिलामा कुनै सम्झौता हुँदैन, स्वास्थ्यको मामिलामा कुनै सम्झौता हुँदैन त्यही भएर उनीहरुलाई सौगात स्वरुप एउटै वडामा स्वास्थ्यचौकी र रामजानकी मन्दिरको शिलान्यास गरेका छु ।" 

 


स्वास्थ्य चौकीको लागि ३० लाख तथा रामजानकी मन्दिर निर्माणको लागि १० लाख रुपैयाँ विनियोजन गरेको बताउँदै मेयर बरबरियाले आउँदो असार मसान्तसम्म सबै कार्य सम्पन्न हुने दाबी गरे । मँगलबार गरिएको शिलान्यास कार्यक्रमपछि बुधबारदेखि नै विधिवत रुपमा निर्माण कार्य तीव्र रुपमा हुने जानकारी गराइएको हो । 


नगरलाई मदिरामुक्त बनाउने तथा सफा र स्वच्छ बनाउने अभियानमा समेत सक्रिय मेयर बरबरियाले स्थानीयहरुको सहगोगमा कार्यलाई निरन्तरता दिएका छन् भने स्वास्थ्यचौकी निर्माण र रामजानकी मन्दिर निर्माणको लागि शिलान्यास गरेपछि उनको चौतर्फी प्रशँसा गरिएको छ । 


सो शिलान्यास कार्यक्रममा नगरपालिकाका पदाधिकारी, नगर कार्यपालिकाको पदाधिकारी सहित वडा नं. २ का वडाअध्यक्ष जैसी भिन्भार, वडा नं. ८ का वडाध्यक्ष तनुकलाल यादव, वडा नं. ९ का रामदेव मरिक, वडा नं. ५ का रामरतन पासवान लगायत नगरका ईन्जिनीयर सँजय यादव, अभरसियर मुराी, नेकपाका युवा नेता रुपेश विराजी सहित वडासदस्य लगायत स्थानीय भद्रभलादमी, युवा, महिलाहरुको सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ फाल्गुण २८ मंगलबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus