• २०७५ चैत ११ गते, सोमबार
०९:०५ am

जनकपुर अञ्चल अस्पतालमा डाक्टरहरुबाट कुटिए परिवारजन, अस्पताल क्षेत्र तनावग्रस्त !

अस्पतालमा चिकित्सकको लापरबाहीले यसअघि पनि पटक पटक विरामीको मृत्यु भइसकेको छ ।


न्यूज ब्यूरो, जनकपुरधाम । पटक पटक चिकित्सकको लापरवाहीले कैयौँ सर्वसाधारणको अकाल मृत्यू भएको जनकपुर अञ्चल अस्पतालमा पुनः एक पुरुषको उपचार अभावमा मृत्यू भएको छ । 

 

धनुषाको मिथिला नगरपालिका वडा नं. ६ बस्ने  अन्दाजी वर्ष ५० का रामनारयण मण्डललाई डाक्टरले लापरवाही गर्दा समयमै उपचारको अभावले हृदयघात (हर्ट अटयाक) का कारण मृत्यू भएको हो । चिकित्सकले विना पूर्जीको उपचार नगर्ने भनेपछि उपचारमा भएको ढिलाईका कारण उनको मृत्यू भएको बताइएको छ । 

 

हर्ट अट्याक भएपछि मण्डललाई एम्बुलेन्सबाट तत्कालै अस्पताल ल्याइएको थियो,  तर आकस्मिक उपचार कक्ष (इमरजेन्सी कक्ष) मा ड्यूटीमा खटेका चिकित्सकले टिकट काटेर ल्याएपछि मात्र उपचार गर्ने भनेपछि मण्डलका छोरा टिकट काट्न टिकट काउटरमा गएक थिए । टिकट काटन  ढिलो भएकाले समयमै उपचार नहुँदा मण्डलको मृत्यु भएको आफ्न्तले जानकारी दिएका छन् ।

 

बुवाको मृत्यू पश्चात आवेगमा आएका मण्डलका छोराद्धय रमेश मण्डल र राजाराम मण्डलले डाक्टरकै लापरवाहीका कारण र टिकट प्रावधानको कारण बुवाको ज्यान गएको बताए ।  डाक्टरको लापरवाहीले बुवाको ज्यान गएको कुरा बोलेपछि सो क्रममा चिकित्सकहरुले मण्डलका दुईटै छोरा रमेश  र राजारामलाई कुटपिट गरेका हुन् । उनीहरुलाई चिकित्सकहरुले कपडा समेत च्यातिदिएका छन् भने अस्पतालको बीच ग्राउण्डमा उनीहरुलाई निर्घात कुटपिट गरेको प्रत्यदर्शीहरु बताउँछन् 

 

प्रकरणपछि जनकपुर अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ भने स्थितिलाई नियन्त्रण गर्नको लागि  मोटो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  अस्पतालमा तनाव भएपछि उपचार सेवा प्रभावित बनेको छ । अस्पतालमा चिकित्सकको लापरबाहीले यसअघि पनि पटक पटक विरामीको मृत्यु भइसकेको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस