• २०७६ जेठ १० गते, शुक्रबार
०६:३२ pm

मधेशको महाकुम्भको लस्कर आज ध्रुवकुण्डमा, भोली कञ्चनवमा होली खेलिने

परापूर्वकालदेखि चलिआएको यो धार्मिक लस्करको लागि सुरक्षा व्यवस्था समेत कडा मिलाइएको हुन्छ । 


न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेशको महाकुम्भ मानिने १५ दिने परिक्रमाको धार्मिक लस्कार आज सातौ दिन महोत्तरीको ध्रुकुण्डमा विश्राम  लिएका छन् ।

 

१५ दिनसम्म चल्ने माध्यमिकी परिक्रममा हजारौँ हजारको सँख्यामा धार्मिक श्रद्धालुहरु सहभागी भएका छन् । पहिलो दिन धनुषाको मिथिला बिहारीको मठबाट उठेको मिथिलाबिहारीको डोला जनकपुरको हनुमानगढी विश्राम पश्चात आज सातौ दिन महोत्तरीको ध्रुवकुण्डमा विश्राम लिएका हुन् ।

 

बाजागाजाका साथ हजारौका सँख्यामा रहेका साधुसन्तहरु तथा श्रद्धालुहरुको धार्मिक लस्कर १ सय ५ किलोमिटरको यात्रा पैदल तय गर्नेछन् । परापूर्वकालदेखि चलिआएको यो धार्मिक लस्करको लागि सुरक्षा व्यवस्था समेत कडा मिलाइएको हुन्छ । 


परिक्रमा नेपाल र भारतको १५ स्थानको बसाई पछि इतिश्री गर्ने गरिन्छ । जसमध्ये धनुषाको जनकपुर, धनुषाधाम, हनुमानगढी, औरही, सतोषर र पर्वता, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड र कञ्चनवन, भारतको गिरिजास्थान फुलहर, कल्याणेश्वर, विशौल र करुणा लगायतका ठाउँहरुमा परिक्रमाबासीहरु बसोबास गर्छन । परिक्रमाबासीहरु करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन ।


यस्तो छ परिक्रमा मार्ग

मध्य परिक्रमा अर्थात पञ्चकोशी परिक्रमा नेपाल भारतको ८० कोशको वृत्ताकारमा धुमि मनाईने गरिन्छ । नेपाल र भारतको १५ विश्राम स्थलमा फाल्गुण अमावश्यादेखि शुरु गरी फाल्गुण पूर्णिमा सम्म यो परिक्रमा अन्त्य गर्ने गरिन्छ । हरेक विश्रामस्थलको आफ्नो छुट्टै विशिष्ट र पुरातात्विक महत्व रहेको छ । यहाँ यसैबारे चर्चा गरिन्छ । 


 हनुमानगढी — फाल्गुण अमावश्याको दिन धनुषाको कचुरी मठबाट निस्केको रामजानकी ९ मिथिलाविहारी ० को डोला जानकी मन्दिर हुदै बाजागाजा सहित हनुमानगढीमा राति विश्राम लिन्छन । यहाँ सयौ वर्ष पुरानो हनुमानको विशाल मूर्ति रहेको छ ।

 

 कल्याणेश्वर (कलना) — विश्रामको दोस्रो पडाव स्थल भारतको कल्याणेश्वर अर्थात कलना हो । यहाँ कल्याणेश्वरनाथ महादेवको मन्दिर अवस्थित छ । राजर्षी जनकले आफ्नो राजधानीको चारै कुनामा स्थापना गरेका चार महादेव मध्ये यो एक हो ।

 

 गिरिजास्थान (फुलहर) — कल्याणेश्वरस्थानबाट चार कोस दक्षिण पश्चिममा रहेको गिरिजास्थान तेस्रो दिनको पडाव स्थल हो । यो पौराणिक स्थल रहेको मान्यता छ । त्रेता युगमा सिताले यही फुल चुनिरहेको बेला रामको पहिलो भेट भएको क्ंिवदन्ति छ । यहाँ दुःखहरण कुण्ड, सीतासागर र फुलवारी रहेको छ ।

 

 मटिहानी — मिथिला पञ्चकोशी परिक्रमा चौथो दिन अर्थात फाल्गुण शुक्ल तृतीयाको दिन महोत्तरी जिल्लाको पहिलो विश्राम स्थल मटिहानी प्रवेश गर्छ । यहाँ सीताजीको मटकोरको लागी माटो खनिएको विश्वास गरिन्छ । यहाँ प्रसिद्ध लक्ष्मी सागर नामको पोखरी र लक्ष्मीनारायणको मन्दिर रहेको छ । 

 

 जलेश्वर — मटिहानीबाट परिक्रमाबासी चौथो दिन जलेश्वर पुग्छन जो मटिहानीबाट २ कोश पश्चिममा पर्छ । यहाँ जलमा विराजमान जलेश्वरनाथको पुजा आराधना गर्ने गर्छन । 

 मडै — फाल्गुण शुक्ल पञ्चमीको दिन परिक्रमाको डोला जलेश्वरबाट प्रस्थान गरी मडै पुग्छन र यहाँ राति विश्राम लिन्छन । प्राचिनकालमा यहाँ माण्डव ऋर्षीको आश्रम र सीताजीको बिहेको लागी मडवा ९वेदी० यही बनाईएको जनश्रुति पाईन्छ ।

 

 धु्रवकुण्ड — मडैबाट सातौ दिन धु्रवकुण्ड पुगिन्छ र यहाँ विश्राम लिईन्छ । यहाँ ध्रुवको मन्दिर र ध्रुव कुण्ड रहेको छ ।


 कञ्चनवन — ध्रुवको दर्शन गरेर परिक्रमाबासी महोत्तरीको अन्तिम पडाव स्थलको रुपमा रहेको कञ्चनवनमा सप्तमीको दिन पुगी विश्राम लिन्छन । यहाँ ईच्छावती र विरजा गंगाको पवित्र संगमस्थल भएकोले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवन लगायतका १२ वटा रमणीय वन रहेको थियो । त्रेता युगमा यहाँ भगवान रामले होली खेलको किम्दन्ती अनुसार यहाँ परिक्रमाबासी पुगि अविर खेली होली मनाउने गर्छन । यहाँ अहिले पनि जनकपुरस्थित जानकी मन्दिर र राममन्दिरका पुजारीहरु पुगेर होली खेल्ने चलन रहिआएको छ ।

 

 पर्वता — नवम दिन परिक्रमाबासी धनुषाको पर्वतामा विश्राम लिन्छन । राजा जनकद्वारा स्थापित क्षिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।


 धनुषाधाम — पर्वताबाट परिक्रमाबासी दशौ पडावस्थलको रुपमा रहेको धनुषाधाम पुग्छन । यहाँ जनकपुरमा सीतको स्वंयम्वर हुदाँ मर्यादा पुरुषोत्तम रामले भाँचेको धनुषको एक टुक्रा खसेको विश्वास छ । यहाँ सीताराम, हनुमान लगायतका मन्दिर रहेको छ तर दर्शनार्थीको दर्शनको केन्द्रविन्दु धनुष रहेको पाईन्छ । 


 सतोषर — फाल्गुण शुक्ल दशमीका दिन परिक्रमाबासी डोलासंगै सतोषर पुग्ने गर्दछ । यहाँ सातवटा पोखरी, शिव र सीताराम मन्दिर रहेको छ । 

 औरही — विमला नदीको तटमा रहेको औरहीमा १२ औं दिनको विश्राम लिईन्छ ।


 करुणा — नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणा तेह्रौ दिनमा प्रवेश गर्छन । यहाँ करुणा नामको नदी विख्यात रहेको छ ।
 विशौल — करुणाको विश्रान्ति पछि परिक्रमाबासी चर्तुदशीको दिन भारतको विशौल पुग्ने गर्दछ । यहाँबाट कमला नदी वग्दछ भने यहाँ ऋर्षी विश्वामित्रको मन्दिर समेत रहेको छ ।


 जनकपुर — परिक्रमाको अन्तिम पडावस्थल जनकपुरमा परिक्रमाबासी पुगी विश्राम लिन्छन । यहाँ राति विश्राम पश्चात अन्तिम प्रहरमा अन्तगृही परिक्रमा गर्ने गर्छन । जानकी र राममन्दिरलाई केन्द्रविन्दु मानी अन्तगृही परिक्रमा गर्ने गर्छन । सो पश्चात मिथिलामा होली प्रारम्भ हुन्छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस