विद्यार्थीको दुबईमा मृत्यू : व्रिटिश कलेजले भन्यो - 'विद्यार्थीकै यस्तो गल्तीले ज्यान गयो ' ! 

समाचारप्रति कलेजले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यू आफ्नै गल्ती कारण भएको प्रष्टाएको छ । 

२०७५ फाल्गुण २७ सोमबार
बिहान ०९:२९ बजे
न्यूज ब्यूरो


न्यूज ब्यूरो, काठमान्डौँ ।  सिरहाको मिर्चैया नगरपालिका स्थायी घर भई काठमाडौंस्थित थापाथलीमा रहेको ‘द ब्रिटिस कलेज’ मा अध्ययनरत एक विद्यार्थीको रहस्यमय मृत्यूको घटनाले नयाँ मोड लिएको छ । 

 

कलेजकै लापरवाहीको कारण छोराको निधन भएको दुखेसो पोख्दै मृतकका बुवा महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्यूको जिम्मेवारी द ब्रिटिस कलेजले लिनुपर्ने बताईहरेका बेला द व्रिटिश कलेज काठमान्डौँले आईतबार अबेर राती प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको आफ्नै गल्तीले दुःखद ज्यान गएको बताएको छ । 

 

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको गत फागुन २ गते दुबई शैक्षिक भ्रमणको क्रममा निधन भएको जानकारी गराएपछि विभिन्न सँचारमाध्यमहरुमा आएको समाचारप्रति कलेजले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यू आफ्नै गल्ती कारण भएको प्रष्टाएको छ । 

 

यो पनि पढनुहोस् काठमाडौंबाट कलेज टूरमा दुबई गएका सिरहाका १ विद्यार्थीको रहस्यमय मृत्यू भएपछि...


कलेजले जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ :

 

‘द ब्रिटिश कलेज’ले हरेक वर्ष आफ्ना विद्यार्थीहरुलाई बेलायत, दुवई, सिंगापुर लगायत अन्य मुलुकहरुमा अन्तर्राष्ट्रिय भ्रमण गराउँदै आएको छ । यस खालका भ्रमणहरु विद्यार्थी र अभिभावकहरुको स्वीकृतिमा गर्ने गरिन्छ । यसपटकको दुवई भ्रमण १२ फ्रेबुअरीमा २६ जना विद्यार्थी समुहबिचमा भएको थियो । यसैक्रममा कलेजका २० वर्षिय विद्यार्थी गौरव श्रेष्ठ पनि शैक्षिक भ्रमणमा दुवई गएका थिए । र उनको समुन्द्रमा डुबेर निधन भएको थियो । सो घटनाको बारेमा विद्यार्थीका बुबा महेन्द्र श्रेष्ठले मिडियामा एकपक्षिय रुपमा अतिरञ्जित तवरले गरेको समाचार सम्प्रेषणप्रति द ब्रिटिस कलेजको ध्यानाकर्षण भएको छ । 


भ्रमण अगाडि विद्यार्थीहरुलाई दुवईमा गरिने सम्पुर्ण कार्यक्रम, नीति नियम तथा उनीहरुले पालना गर्नुपर्ने अनुशासन लगायतको बारेमा दुई चरणको ‘इन्डक्सन’ कलेजका प्रिन्सिपलबाट दिइएको थियो । उक्त भ्रमण कलेजको तर्फबाट अनिवार्य नभई इच्छुक विद्यार्थीहरुको लागि मात्र थियो । स्वयम विद्यार्थी गौरव श्रेष्ठ पनि आफ्नो अभिभावकसँग लिखित स्वीकृतिमा उक्त भ्रमणमा सहभागी भएका थिए । यो भ्रमणमा पनि नेपाल छोड्नु अघि र दुवई घुम्नु अगाडि समुन्द्रमा पौडी खेल्न सख्त मनाही गरिएको थियो । त्यसै क्रममा १४ फ्रेबअरीका दिन जुमेरिया मस्जिद र नजिकको ला मेर बीचमा घुम्ने मात्र आधा घण्टाको कार्यक्रम तय थियो । तर, त्यो आधा घण्टाको बीचमा घुम्ने कार्यक्रममा कलेजको निर्देशन र नियमलाई अवज्ञा गर्दै गौरव श्रेष्ठ र अर्का एक विद्यार्थी समुन्द्रमा सेल्फी खिच्दै पौडी खेल्न थाले । उनीहरुलाई पानीबाट आउन बारम्बार अनुरोध गरियो । उक्त अनुरोधको अवज्ञा र अटेर गरेको भिडियो उनीहरुको साथीहरुले खिचेको मोबाइलमा सुरक्षित छ । उक्त ठाउँ (बीच) सुनसान नभई युरोपियन पर्यटकहरुले भरिएको थियो । साथै त्यो ठाउँमा ३ जना लाइफ गार्ड पनि तैनाथ थिए । उनीहरुको काम त्यो समुन्द्रको छेउमा पौडी खेल्नेहरुको सुरक्षाको लागि हुने गर्छ । दुबई प्रहरीको फरेन्सीक रिपोर्टअनुसार गौरवलाई पानीमुनी डुबेको देख्ने बित्तिकै लाइफगार्डहरुले पानीबाट निकालेर प्राथमिक उपचार र (सीपीआर) पनि दिएका थिए । साथै उनलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । तर, दुर्भाग्यवशअस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको अस्पतालले जानकारी दियो । 

 

यो पनि पढनुहोस् काठमान्डौँको व्रिटिश कलेजलाई कारवाही गर्न राविसंघको माग


दुर्घटना लगत्तै कलेजले कुनै कसर बाँकी नराखी जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरेको थियो । घटनाको जानकारी पाउनेबित्तिकै कलेजका सिइओ अफ्रिकाको भ्रमण तुरुन्तै रद्द गरेर फेब्रुअरी १६ को बिहानै ५ः३० (स्थानीय समय) मा घटनास्थलतर्फ पुगेका थिए । सोही समयमा घटनाको प्रभावकारी अनुसन्धानको लागि दुबईमा थप ३ जना व्यक्ति परिचालन गरियो भने नेपालमा पनि कलेजका उच्च पदस्थ व्यक्तिहरु प्रिन्सिपल, डिन र अप्रेसन डाइरेक्टर सहितको ३ जनाको समूह पनि निर्माण गरियो । तत्कालै मृतक विद्यार्थीको नजिकको आफन्त धिरज श्रेष्ठलाई कलेजकै खर्चमा दुबई पठाइयो । तथ्य कुरा थाहा होस् भनेर विद्यार्थीका आफन्त धिरजलाई त्यहाँ पठाइएको थियो । दुबई प्रहरी र त्यहाँको अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार उक्त घटना दुर्भाग्यवश घटेको र पानीमा डुबेर निधन भएको घोषणा भयो । 


स्मरण रहोस्, दुबई प्रहरीले आफुलाई विश्वमै प्रतिष्ठित प्रहरीको रूपमा स्थापित गरेको छ । यदी त्यो घटना अन्य प्रकृतिको भए सम्बन्धित व्यक्तिहरू कार्वाहीको दायरामा आइसक्ने र सम्बन्धित व्यक्तिहरू नेपाल आउने अनुमति पनि रोकिने थियो । कलेजको विशेष पहलमा गौरवको शव १ हप्तामै नेपाल ल्याउने सम्भव भएको थियो । अन्यथा ३–४ हप्ता लाग्नु सामान्य नै मान्ने गरिन्छ । यी सबै कुरा सम्भव गर्न कलेजको तर्फबाट ठूलै धनराशी खर्च भएको छ । गौरवको निधनले सम्पूर्ण ब्रिटिश कलेज परिवार गहिरो शोक र दुःखमा परेको छ । 
कलेजका उच्चपदस्थ व्यक्तिहरू रात–दिन नै खटेर नेपालमा गौरवको शव ल्याउन र मृतक परिवारलाई सान्तवना दिन कुनै कसर बाँकी नराखेको जानकारी गराउछौँ । तर, दुःखको कुरा, अहिले गौरवको परिवारले कलेजको व्यवस्थापनालाई धम्क्याउने, गालीगलौज गर्ने र कलेजको नकारात्मक प्रचारबाजी गर्न सुरू गरेकोले उक्त कार्य तत्काल बन्द गर्न हामी विनम्र अनुरोध गर्दछौँ । 


एउटा परिवारले आफ्नो सदस्य गुमाउँदा हुने मर्म र दुःखलाई हामी राम्रोसँग बुझ्दछौँ । र, यस घटनाप्रति नेपालको सम्बन्धित प्रशासन र व्यक्तिहरूलाई कुनै पनि खालको अनुसन्धानमा सहयोग गर्न हामी सदा कटिबद्ध छौँ ।


द ब्रिटिस कलेज परिवार

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७५ फाल्गुण २७ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus