काठमान्डौँको व्रिटिश कलेजलाई कारवाही गर्न राविसंघको माग
पीडित परिवारलाई न्यायको प्रत्याभुति गराउन नेपाल सरकारसँग माग गरेको छ ।

२०७५ फागुन २६ आइतबार, राति ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । थापाथलीस्थित द ब्रिटिश कलेजलाई कारबाही गर्न राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले माग गरेको छ ।
गत माघ २९ गते ब्रिटिश कलेजले ९ दिने शैक्षिक भ्रमणको लागि २६ जना विद्यार्थीहरुको टोली दुबई भ्रमणमा गएको र भ्रमणमा गएको ३ दिन नबित्दै फागुन २ गते शैक्षिक भ्रमणमा गएको विद्यार्थी जिल्ला सिरहा निवासी मिर्चैया न.पा. वडा नं. ५ स्थायी बसोबास भएको महेन्द्र श्रेष्ठको छोरा २० वर्षिय बी.बी.ए.आई.टि.प्रथम वर्षमा अध्ययनरत्त विद्यार्थी गौरव श्रेष्ठको रहस्यमयी मृत्यू भएको थियो ।
गौरव श्रेष्ठको निधन कलेजकै लापरबाहीका कारण भएको निष्कर्ष निकाल्दै कलेजलाई कारबाही विद्यार्थी संघले माग गरेको हो । मृतक विद्यार्थी गौरव श्रेष्ठप्रति राष्ट्रिय विद्यार्थी संघले दुःख प्रकट समेत गरेको छ ।
साथै उक्त भ्रमणमा गएको विद्यार्थीहरुलाई समुद्रमा नुहाउने क्लेजको स्वीमिङ्ग गर्ने कुनै कार्यक्रम नहुँदानहुँदै पनि विद्यार्थीहरुलाई समुद्रमा विनालाइफ जेकेटको नुहाउँने छुट क्याम्पस प्रशासनले सुनियोजित एवं शंकास्पद तरीकाले दिएको संघको ठम्याई छ ।
तसर्थ नेपाल सरकारले द व्रिटिस क्लेज थापाथली काठमाडौँलाई छानविनको दायरामा ल्याई संघको प्रतिनिधित्व हुने गरी छानविन समिति गठन गरी दोषिलाई कारवाहि र पीडित परिवारलाई न्यायको प्रत्याभुति गराउन नेपाल सरकारसँग माग गरेको छ ।
संघका अध्यक्ष चिरञ्जीवी यादवले आइतबार एक विज्ञप्ति जारी गरी संगठनको माग र पीडित परिवारप्रति सरकार उदासिन देखिएमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…