डा. सिके राउतको स्वागतको लागि ओर्ले जनसागर !

२०७५ फाल्गुण २६ आइतबार
दिउसो ४:१४ बजे
न्यूज ब्यूरो, धनुषा ।


न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत जनकपुर आउनथालेपछि उनको स्वागतको लागि विभिन्न जिल्लाबाट जनसागर ओर्लेका छन् । 

 

विहानैदेखि प्रतिक्षामा रहेका युवाहरु डा. सिके राउतको स्वागतको लागि हातमा फूलमाला सहित स्वतन्त्र मधेश को झण्डा सहित नारावाजी गर्दै स्वागतको लागि तयार भएका छन् । नेपाल सरकारसँग अचानक गरेको ११ बुँदे सहमति प्रति असन्तुष्ट उनका केही समर्थक तथा समाजिक सँजालमा भईरहेको नाकारात्मक टिकाटिप्पणीलाई जवाफ तथा प्रष्ट पार्नको लागि जनकपुर आउन लागेका हुन् । 

 

उनका स्वागतको लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही लगायत तराई मधेशको विभिन्न जिल्लाहरुबाट उनका समर्थकहरु जनकपुर आएका छन् । सरकारले स्वतन्त्र मधेश गठबन्धनको मुुख्य माग अर्थात एक सुत्रिय माग जनअभिमतलाई हरियो झण्डी देखाउने वित्तिकै मधेशका युवाहरुमा उत्साह छाएको छ । 

 

उनीहरुले डा. राउतको राजनीतिक अवतरण समेत स्वीकार गर्दै फ्रि मधेशको लागि चाहिएको बुँदमा सरकार सहमत भएपछि खुसीयालीमा दिपावली समेत मनाएका छन् । केही बेरमै डा.राउत जनकपुर आईपुग्ने कार्यक्रम तय भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७५ फाल्गुण २६ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus

} }