• २०७६ जेठ १० गते, शुक्रबार
०६:३३ pm

एयरपोर्टमा डा. सिके राउतको आफ्नै फोर्स सुरक्षा दिदै !

डा. राउत करिब ३:३० सम्म जनकपुर विमानस्थल आईपुग्ने उनका एक समर्थकले जानकारी दिए ।

 

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारसँग ११ बुँदे सहमति गरेपछि प्रथम पटक जनकपुर आउन लागेका डा. सिके राउतलाई उनको आफनै फोर्सले सुरक्षा दिएका छन् ।

 

सरकारी सुरक्षा जस्तै डा. राउतलाई सुरक्षाकर्मी शैलीमा उनको समर्थकहरुले उनलाई सुरक्षा दिनको लागि जनकपुर विमानस्थलमा तैनाथ भएका छन् । दर्जनौको सँख्यामा रहेका उनका युथ फोर्सले उनलाई सुरक्षा चुनौति रहेको भन्दै प्रहरीझै सुरक्षा कडा पारेका छन् । विना हातहतियारकै अहिँसा भावनाले उनलाई सुरक्षा दिएका हुन् ।

 

डा. सिके राउत जनकपुर आउने भएपछि उनका समर्थकहरु भारी मात्रामा जनकपुर विमानस्थल पुगेका छन् । शुक्रबार मात्र नेपाल सरकारसँग ११ बुँदे सहमती गरेका डा। राउत विहान १२ बजे नै जनकपुर आईपुग्ने भनेपनि उनको आउने कार्यक्रम भने कसैलाई थाहा नभएको तथा भएपनि नतोकिने गरेको बताइएको छ ।  विहान ११ बजेदेखि नै डा. राउतलाई स्वागत गर्नको लागि आतुर उनका कार्यकर्ता एवम् समर्थकहरु घण्टौदेखि प्रतिक्षामै विमानस्थलमा बसेका छन् ।


 

डा. राउत एकाएक राजनीति अवतरण गरेपछि समाजिक सञ्जालहरुमा विभिन्न प्रकारको टिकाटिप्पणी भईरहेको बेला सहमतिको बारेमा थप प्रष्टाउनको लागि असन्तुष्ट युवाहरु तथा समर्थकहरु माझ आउन लागेको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता राकेश मैथिलले जानकारी दिए । 


सहमतिमा नेपाल सरकारले आफूहरुको माग सम्बोधन गर्दै जनमत सँग्रहको लागि तयार भएको दाबी गरिरहेको बेला असन्तुष्ट युवाहरुले भने जनअभिमत मात्र उल्लेख गरिएको तथा राजनीतिमा प्रवेश गरेको भन्दै विभिन्न खाले टिकाटिप्पणी गरेका छन् । डा. राउत जनकपुर आए असन्तुष्ट उनका समर्थकहरुलाई उनले सहमतिको बारेमा खुलेर तथा प्रष्ट रुपमा बुझाउने प्रयास गर्ने बुझिएको छ । 


उनका समर्थकहरु विहानैदेखि फ्रि मधेशको झण्डा लिएर उनको स्वागतका लागि प्रतिक्षारत बसेका छन् । विहान १२ बजे आउने भनिएपनि डा. राउत करिब ३ः३० सम्म जनकपुर विमानस्थल आईपुग्ने उनका एक समर्थकले जानकारी दिए । ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस