जनकपुरमा डा. सिके राउतको क्रेज, 'फ्रि मधेश' को झण्डा सहित युवाहरु स्वागत प्रतिक्षामा

उनका समर्थकहरु विहानैदेखि फ्रि मधेशको झण्डा लिएर उनको स्वागतका लागि प्रतिक्षारत बसेका छन् ।

२०७५ फाल्गुण २६ आइतबार
दिउसो ३:०५ बजे
न्यूज ब्यूरो, धनुषा ।

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउत जनकपुर आउने भएपछि उनका समर्थकहरु भारी मात्रामा जनकपुर विमानस्थल पुगेका छन् ।


शुक्रबार मात्र नेपाल सरकारसँग ११ बुँदे सहमती गरेका डा. राउत विहान १२ बजे नै जनकपुर आईपुग्ने भनेपनि उनको आउने कार्यक्रम भने कसैलाई थाहा नभएको तथा भएपनि नतोकिने गरेको बताइएको छ ।  विहान ११ बजेदेखि नै डा. राउतलाई स्वागत गर्नको लागि आतुर उनका कार्यकर्ता एवम् समर्थकहरु घण्टौदेखि प्रतिक्षामै विमानस्थलमा बसेका छन् ।

 

डा. राउत एकाएक राजनीति अवतरण गरेपछि समाजिक सञ्जालहरुमा विभिन्न प्रकारको टिकाटिप्पणी भईरहेको बेला सहमतिको बारेमा थप प्रष्टाउनको लागि असन्तुष्ट युवाहरु तथा समर्थकहरु माझ आउन लागेको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता राकेश मैथिलले जानकारी दिए । 


सहमतिमा नेपाल सरकारले आफूहरुको माग सम्बोधन गर्दै जनमत सँग्रहको लागि तयार भएको दाबी गरिरहेको बेला असन्तुष्ट युवाहरुले भने जनअभिमत मात्र उल्लेख गरिएको तथा राजनीतिमा प्रवेश गरेको भन्दै विभिन्न खाले टिकाटिप्पणी गरेका छन् । डा. राउत जनकपुर आए असन्तुष्ट उनका समर्थकहरुलाई उनले सहमतिको बारेमा खुलेर तथा प्रष्ट रुपमा बुझाउने प्रयास गर्ने बुझिएको छ । 


उनका समर्थकहरु विहानैदेखि फ्रि मधेशको झण्डा लिएर उनको स्वागतका लागि प्रतिक्षारत बसेका छन् । विहान १२ बजे आउने भनिएपनि डा. राउत करिब ३ः३० सम्म जनकपुर विमानस्थल आईपुग्ने उनका एक समर्थकले जानकारी दिए । ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

पत्रकार यादवको घटनामा धनुषा प्रहरी गम्भिर छः एसपी तिवारी

  • २०७५ फाल्गुण २६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले पत्रकार विनय कुमार यादवको घटनामा धनुषा प्रहरी गम्भिर रहेको बताएका छन् ।  न्यूज ब्यूरोका कार्यकारी सम्पादक समेत रहेका पत्रकार यादवको शंकास्पद

पूरा पढ्नुहोस्

Bureau Menus