हुलाकी सडकमा २ नम्बरी काम, १ महिना नबित्दै भत्किन थाल्यो नाला !

२०७५ फाल्गुण २६ आइतबार
बिहान ०८:५६ बजे
न्यूज ब्यूरो, धनुषा ।


न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको  लाईफलाईनको रुपमा मानिएको हुलाकी सडकमा २ नम्बर तथा गुणस्तरियहीन कामको पर्दाफास हुन थालेको छ ।

 

धनुषाको कपिलेश्वरदेखि सघारासम्म हुन लागेको हुलाकी सडक निर्माणको क्रममा ठेकेदारले मनमौजी तथा मापदण्ड विपरित कार्य गरिरहेको पाईएको छ । सडक निर्माणको क्रममा गाउँस्तरमा सडककको दुवै तर्फ ढल तथा पानी निकासको लागि निर्माण गरेको नालामा २ नम्बर तथा कमजोर र कमसल निर्माणवस्तु प्रयोग गरिएको देखिएको छ । 

 

नाला निर्माणको लागि मापदण्डमा उल्लेख गरिएको बमोजिम १ नम्बरको ईट प्रयोग गर्न भनिएको भएपनि तिनकौरियादेखि सघारासम्म सडक नाला निर्माणको जिम्मेवारी पाएका कन्ट्राक्टरले भने २ नम्बर तथा गुणस्तरीयहिन ईट र सिमेन्ट प्रयोग गर्ने गरेको देखिएको छ । 

 

 

यसैक्रममा धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैया टोलमा पर्ने करिब १ किलोमिटरसम्मको दुवै तर्फको नालामा २ नम्बरभन्दा कम स्तरको इट प्रयोग गरिएको गुनासो एक स्थानीयले गरे । उनले भने,- "हामी रोक्ने प्रयास पनि गरेका थियौँ, तर कन्ट्रयाक्टरले दादागिरी देखायो । नचाहिँदो ठाउँको माटो काटेर अन्य ठाउँमा सार्ने, जसलाई मन हुने नालाको ढक्कन दिने, मन नभए नदिने गरेको छ । जसको कारण यहाँ बालबालिकाहरुलाई नालामा जमेको पानीले त्रास भएको छ ।" 

 

उक्त क्षेत्रको नाला तथा सडक निर्माणको जिम्मेवारी पाएका कन्ट्राक्टर सुरेश यादवले गाउँका केही व्यक्तिहरुसँग मिलेर २ नम्बरी काम गरेको आरोप स्थानीयहरुले लगाएका छन् । गाउँका मुखौटा र भनाउँदाहरुले उनले गरेको २ नम्बरी कामको विरोध गर्दा धम्क्याउने गरेकोले चुप भएको गुनासो पोख्छन् ।

 


यता, हुलाकी सडक निर्माणको मुख्य जिम्मा पाएका पूर्व ठेकेदार एवम् वर्तमान प्रदेश नं. २ का प्रदेश साँसद किशोरी साह कमलले कन्टर्याक्टरसँग भएको सम्झौता बमोजिम १ नम्बर तथा गुणस्तरिय काम गरेर दिनुपर्नेछ । यस्तो नगरको खण्डमा गाउँलेहरुले बहिष्कार गरे उनलाई पुनः गुणस्तरीय निर्माण गर्नुपर्ने हुन्छ । उनले भने, - "यस्तो त नगर्नुपर्ने तर यस्तो भएको हो भने हामीलाई केही तस्विर वा प्रमाण पठाउनुस हामी कारवाही थाल्छौँ ।" 

 

उनले आफू प्रदेश साँसद भएपछि उताका कन्ट्रयाक्टरहरुले काम सम्हालेको भन्दै आफूसँग १ नम्बर कामको रकम निकासा गर्ने गरेको दाबी गरे । उनले भने, - "हुलाकी सडक निर्माणको मापदण्डमा नाला निर्माण गर्दा १ नम्बरको ठोस ईट र गुणस्तरिय सिमेन्ट प्रयोग गर्नुपर्नेहुन्छ । यदि त्यस्तो गरिएको छैन भने हामी कारवाही गर्छौ ।" 

 


माचि गाउँदेखि पश्चिमतर्फ अहिले निर्माणधिन तथा निर्माण भएका नालाहरु भत्किन थालेका छन् । थप नाला निर्माणको लागि ओरालिएको इटमा रतिभर पनि ज्यान नरहेको बताउँदै नाम नखोल्ने शर्तमा एक महिलाले भनिन् यस्तो इट लगाउनुभन्दा त माटोको नाला बरु वेश हुन्थ्यो । यो देखावटी गरेर हामीलाई नै नोक्सान पार्न खोजेको छ । 


यता, २ नम्बरको कार्य गरेको तथा गुणस्तरियहिन र कमसल निर्माणवस्तु प्रयोग गरेको भन्दै स्थानीयहरुले बनेको सबै नाला भत्कार नयाँ गुणस्तरिय नाला बनाउनुपर्ने माग उठाउँदै यस्तो नगरेको खण्डमा त्यसबाट हुने क्षतिको जिम्मेवारी ठेकेदार वा कन्ट्रयाक्टर स्वयंम हुने चेतावनी समेत दिएका छन् । 

 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७५ फाल्गुण २६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus