जनमत सँग्रह : डा. सिके राउतका समर्थकहरुद्धारा सिरहामा दिपावली

सो दिपावली कार्यक्रममा २०० बढी डा. राउतका समर्थकहरुले मैनबत्ति बालेर दिपावली मनाएका छन् । 

२०७५ फाल्गुण २५ शनिबार
बेलुकी ७:१३ बजे
विनय यादव, सिरहा


न्यूज ब्यूरो, सिरहा । नेपाल सरकारले स्वतन्त्र मधेश गठबन्धनको मूल मागलाई सम्बोधन गर्ने सहमति गरेपछि तराई मधेशको विभिन्न जिल्लामा दिपावली मनाइएको छ । 

 

शुक्रबार अलगै मधेश देश बनाउने नारा लिएर उभेका स्वतन्त्र मधेश गठबन्धन एक मूलधारको राजनीति सहमति गरेपछि उनका समर्थकहरुले खुसीयाली मनाउँदै सिरहाको मिर्चैयामा दिपावली मनाएका छन् । शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतबीच भएको ११ बुँदे सहमतिमा बुंदा नं. २ मा जनअभिमतको कुरा उल्लेख गरिएको छ । 

 

विगत १० वर्षदेखि तराई मधेशमा जनमत सँग्रहको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन्धनसँग नेपालको तर्फबाट गृहमन्त्रीले जनअभिमतको लागि तयार भएपछि आफूहरुको माग सम्बोधन भएको भन्दै गठबन्धनका कार्यकर्ता तथा डा. सिके राउतका समर्थकहरु तराई मधेशको विभिन्न जिल्लामा दिपावली मनाएका हुन् । 

 

न्यूज ब्यूरोसँग कुराकानी गर्दै सिरहाका गठबन्धनका सक्रिय कार्यकर्ता एवम् अगुवा निर्मल मण्डलले भने, - "यो जीत सम्पूर्ण मधेशी जनताको हो । हामी मुद्दाबाट अहिले पनि विछोड भएका छैनौ । ११ बुंदे सहमति नबुझनेले नबुझुन तर हामीलाई अब स्वतन्त्र मधेशको मागलाई पूरा गर्न बाटो खुल्ला भएको छ । साफ भएको छ । पहिले स्वतन्त्र मधेशको नारा लगाएवापत जेल हुन्थयो भने अब खुल्ला रुपमै सरकारले त्यसलाई स्वीकार गरेर हामीलाई सहज बनाएको छ । अबकी बार एकही मागँ, जनमसँग्रह हो ऐलान नारालाई सरकारले हरि झण्डी देखाएको छ । त्यही भएर हामीले खुसीयालीमा दिपावली मनाएका छौँ ।" 

 

तराई मधेशमा नेता कम र विचार बढी बनेका डा. सिके राउत राजनीतिको मुलधारमा आउनको लागि सरकारलाई समेत झुक्न बाध्य बनाएको देखिएको छ भने एकातर्फ समाजिक सँञ्जालमा डा. राउतप्रतिको टिकाटिप्पणी असाध्यै देखिन्छ । तर, डा. राउतले भने सरकारले जनमतसँग्रहको लागि सरकारले स्वीकार गरेको बताएपछि उनका समर्थकहरुमा मात्र उत्साह छाएको छ । 

 

सो दिपावली कार्यक्रममा २०० बढी डा. राउतका समर्थकहरुले मैनबत्ति बालेर दिपावली मनाएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०७५ फाल्गुण २५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus