• २०७६ जेठ १० गते, शुक्रबार
०५:३८ pm

'स्वतन्त्र मधेश' को लागि डा. सिके राउतलाई बाटो खुल्ला, सरकारले रोक्न नपाउने !

जनताको जनमतबाट नै स्वतन्त्र मधेश स्थापना हुनेतर्फ डा. राउतले अप्रत्यक्ष इंकित गरेका छन् । 


न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतलाई स्वतन्त्र मधेशको लागि गर्दै आएका संघर्षको बाटो खुल्ला र सफा भएको छ । 

 

जनमत सँग्रहबाट स्वतन्त्र मधेश गठनको कुरालाई नेपाल सरकारले स्वीकार गरेको हो । नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतबीच भएको ११ बुँदे सहमतिमा जनमत सँग्रह र स्वतन्त्र मधेश गठबन्धनको गतिविधिमा कुनै रोक नलगाउने सहमति गरिएको हो । 

 

शुक्रबार दिउँसो भएको ११ बुँदे सहमतिमा सहमति पत्रको बुंदा नं. २ मा जनमत सँग्रहबाट स्वतन्त्र मधेश स्थापना गर्ने बाटो सहज खुलाइएको हो । यस्तै, बुँदा नं. ७ मा पनि स्वतन्त्र मधेश गठबन्धनलाई खुल्ला रुपमा कार्य गर्न छुट दिएको छ । राजनीतिक संगठनको रुपमा गठबन्धनले अब खुलेर गतिविधि गर्न पाउने छन् ।

 

सहमतिको बुंदा नं. ११ ले स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई लोकतान्त्रि राजनीतिक शक्तिको रुपमा व्यवहार गरिने उल्लेख गरिएको हो । यस्तै, स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरु उपर लगाईएको  राज्य विरुद्धको अपराध लगायतका सम्पूर्ण राजनीतिक मुद्दाहरु फिर्ता लिइनेछ र हिरासतमा वा जेलमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई बिना कुनै शर्तको रिहा गर्ने सहमति गरिएको छ ।

 

काठमान्डौँमा आयोजित एक कार्यक्रमको दौरान स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतले राजनीतिक रुपमा देश निर्माणका लागि काम गर्ने बताएका छन् । जनताको जनमतबाट नै स्वतन्त्र मधेश स्थापना हुनेतर्फ डा. राउतले अप्रत्यक्ष इंकित गरेका छन् । 

 


यस्तो छ ११ बुंदे सहमति 

वि.सं. २०७५ फागुन २४ गते सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको विषेश उपस्थितिमा राष्ट्रिय सभागृह, काठमान्डौँमा आयोजित विशेष समारोहमा नेपाल सरकार स्वतन्त्र मधेश गठबन्धनका बीचमा देहाय बमोजिमका सहमति भएको छ । 

 

. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अविभाज्य राष्ट्र हो । नेपाल राष्ट्रका स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न प्रत्येक नेपालीको कर्तव्य हो । 

 

२. हामी आफना राजनीतिक, समाजिक, आर्थिक लगायतक उदेश्यहरु प्राप्तीका निम्ती शान्तिपूर्ण एवम् लोकतान्त्रिक  बाटोबाट अघि बढनुपर्छ भन्ने मान्यतामा दृढ छौँ । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेश लगायत देशका कतिपय स्थानपमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ । 

 

३. लोकतन्त्रमा मतभेदहरु हुनसक्छ तर तीनिहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ र त्यसता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनु पर्दछ भन्ने मान्यतामा दृढ छौँ । 

 

४. समाजिक न्याय, समानता र सद्धभाव हाम्रो साझा उदेश्य हो । हामी तराई मधेश लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक, आर्थिक तथा समाजिक दृष्टिले अधिका सम्पन्न तुल्याउन र तराई मधेश लगायतका समग्र देशको विकासलाई द्रुत गतिमा अघि बढाउन प्रतिवद्ध छौँ । त्यसैगरी संविधान प्रदत नेपाली जनताको सार्वभौम अधिकार, स्वायतता र स्वशानको अधिकारलाई आत्मसात गर्न र तराई मधेश लगायत समग्र देशमा सुशासन कायम गर्दै समानता र समाजवाद तर्फ अग्रसर हुन प्रतिवद्ध छौँ । 

सहमतिका अन्य बुँदाहरु हेर्नको लागि यहाँ क्लीक गर्नुहोस् । यस्तो छ ११ बुंदे सहमति  वा कुनै ब्राउजरमा खोल्नुहोस् । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस