• २०७५ चैत ११ गते, सोमबार
०९:५९ am

विजुली चोरी गरेको आरोपमा सात जना पक्राउ


न्यूज ब्यूरो, सप्तरी । हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज सात जनालाई पक्राउ गरेको छ । 


जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । 

 

पक्राउ परेका उनीहरुको साथबाट एक थान पानी तान्ने मोटर, एक थान साउन्ड बक्स र एक थान पङ्खा पनि बरामद गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो । विद्युत् ऐनअनुसार उनीहरुबाट रु १५ हजार ५०२ जरिवाना असुल गरी कारवाही गरेको पनि उहाँले बताउनुभयो । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस