कमला नगरपालिकालाई स्वस्थ्य बनाउन दिनरात कसरतमा छौँ : सँयोजक सढान

२०७५ फाल्गुण २० सोमबार
बेलुकी ६:०२ बजे
न्यूज ब्यूरो


न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको कमला नगरपालिकाका स्वास्थ्य सँयोजक विरेन्द्र कुमार सढानले नगरपालिकालाई स्वस्थ्य बनाउन दिनरात कसरतमा लागेको बताएका छन् ।


स्थानीय तहमध्ये सबभन्दा पछाडी विकासको बाटो रोजेको पूर्वी धनुषाको कमला नगरपालिकामा अहिले विकासको बाटो खुल्ला भएको बताउँदै नगरलाई स्वस्थ्य बनाउन दिनरात एक गरी काम गर्न थालेको बताए । उनले न्यूज ब्यूरोसँग कुराकानी गर्दै विकासको मामिलामा पछाडी परेको नगरलाई स्वास्थ्य सेवामा कुनै असर पर्न नदिने बताए । 


हरेक स्थानीय तहहरुमा दोस्रो नगर परिषद्सम्म सम्पन्न भएपनि कमला नगरपालिकामा भने स्थानीय जनप्रतिनीधिहरुको आन्तरिक विवादका कारण विकासको बाटो बन्द भएको थियो । यसैक्रममा प्रथम नगरसभा सम्पन्न भएलगत्तै विभिन्न क्षेत्रको विकासले तीव्रता पाउन थालेको छ । 

 

शिक्षा क्षेत्रमा सबभन्दा पिछडीएको कमला नगरपालिकामा भने स्वास्थ्य क्षेत्र विस्तारै बलियो हुँदै गएको छ । स्थानीय तह सँचालन भएपछि गठन गरिएको स्वास्थ्य समितिले विदाको दिन पनि काम गरेर विकासको क्षेत्र भित्र ल्याउन निकै कसरतमा लागेको सँयोजक सढानले बताए । 

 

उनले भने, - "कमला नगरपालिकामा ६ वटै स्वास्थ्यचौकीको अवस्थामा डगमडोल अवस्थामा पहिले देखि नै रहेको छ । माचि, दुबरकोट हथलेटवा, सिंग्याही टोल, हरिने, लक्कड र बल्हासाघारा स्थित रहेको स्वास्थ्यचौकीमा दरबन्दी अनुसार कर्मचारी नभएपनि आम जनतालाई स्वास्थ्य सेवा प्रवाहमा भने कुनै प्रकारको असर पर्न दिएका छैनौँ । स्थानीय तह सँचालन भएपछि उक्त स्वास्थ्यचौकीहरुमा ३६ जनाको दरबन्दी मध्ये अहिलेसम्म २५ जना मात्र कर्मचारी रहेको छ । जसको कारण म स्वयँम पनि विकास हेतु दिनरात एक गरी कार्य सँचालनमा लागेको छु र विकासको रेन्जमा ल्याउने प्रयास लगभग पहुँचको नजिक भएको महसुस भएको छ ।" 

 

कमला नगरपालिकाको वर्तमान स्वास्थ्य अवस्थाबारे बताउँदै सँयोजक सढानले सबैभन्दा बढी मुटुरोग र महिलाको आँग खस्ने तथा पाठेघरको क्यान्सर सम्बन्धी रोगीहरु पाइएको बताए । तथ्याँक दर्साउँदै उनले सिँगो नगरमै ११ जनामा मुटुरोग यकिन गरिएको छ भने ७ जना महिलामा पाठेघरको समस्या देखिएको बताए ।

 

नगरपालिकामा अहिलेसम्म प्रसुतिगृह समेत व्यवस्थित नभएको जनाउँदै उनले आगामी महिनादेखि प्रसुति गृह सँचालनमा ल्याउने दाबी गरे । उनले त्यसको लागि चाहिने कर्मचारीको आवश्कता निकालिएको दाबी समेत गरे । 

 

आफूले पाएको जिम्मेवारीलाई वहन गर्नकै लागि भएपनि अहिले रातीसम्म काम गर्ने गरेको बताउँदै उनले नगरभित्र रहेको विभिन्न स्वास्थ्यचौकीमा अहिलेसम्म चर्पी र खानेपानीको व्यवस्था नभएकोले त्यस उपर बढी केन्द्रीत भएको बताए । उनले भने, - "विभिन्न स्वास्थ्यचौकीमा अहिले चर्पी र खानेपानीको अभाव देखिएको छ, हामी त्यसलाई निराकरणको लागि कसरतमा छौँ । भौतिक सँरचनामा ध्यान दिएर चर्पी तथा खानेपानीको लागि कार्य अगाडी बढाएका हौँ ।" 

 

महिलाहरुमा रहेको आँग खस्ने समस्या लगायत विभिन्न समस्यालाई मध्यनजर गर्दै निकट भविष्यमै नगरपालिकामा मेडिकल क्याम्पको आयोजना गर्ने जनाए । वर्तमान सँस्कृतिमा लोक लाजलाई मध्यनजर गर्दै खास महिलाहरुकै लागि महिला चिकित्सक नै क्याम्पमा राख्ने बताए ।

 

 उनले भने, - "महिलाहरुले लोक लाजका कारण आफ्नो समस्या समयमा बताउन नसकेपछि विभिन्न प्रकारको समस्याबाट ग्रसित भएको महसुस गरेका छौँ । यसलाई मध्यनजर गर्दै हामीले सँचालन गर्ने क्याम्पमा लेडिज डाक्टर बोलाउने छौँ । केही हदसम्म ती क्याम्पबाट नगरकी महिलाहरुलाई प्रत्यक्ष फाईदा पुग्ने विश्वास पनि लिएका छौँ ।"

 

स्वास्थ्य सँयोजक विरेन्द्र कुमार सढानले नगरस्थित अवस्थित स्वास्थ्यचौकीहरुको भौतिक सँरचना निर्माण तथा मर्मत सम्भार कार्य तीव्र गतिमा भईरहेको बताउँदै स्थानीय तह सँचालन ऐन बमोजिम नगरको जनतामा देखिएको गम्भिर समस्यालाई निराकरण तथा उपचारको लागि अन्य अस्पतालहरुमा समेत सहुलियतको लागि सिफारिस दिने गरेको बताए । 

उनले, नगरका जनतामा कुनै प्रकारको त्यस्तो गम्भिर समस्या जस्तै, मुटु रोग, क्यान्सर वा अन्य रोगहरुको लागि बाहिरको अस्पतालमा उपचार हेतु सिफारिस नगरपालिकाबाट लिन आग्रह समेत गरे । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७५ फाल्गुण २० सोमबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus