• २०७६ जेठ १० गते, शुक्रबार
०४:४६ pm

कश्मिरमा भारतीय लडाकु बिमान दुर्घटना हुँदा २ पायलट शहिद, २ आतंकवादी पनि मारिए !

यसमा भारतको तर्फबाट पनि ५ सैनिक घाईते भएका हो । 


न्यूज ब्यूरो, भारत । भारत कश्मिरको बडगाममा भारतीय सैनिकको  लडाकु बिमान दुर्घटना हुँदा दुई पायलट शहिद भएका छन् ।

 

बुधबार विहान काश्मिको बडगाममा भारतीय सेनाको एमआई १७ हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि विमानमा सवार दुई पालयलट शहिद भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । यता, पाकिस्तानको बालाकोटमा वायूसेनाको हवाई हमलापछि रिसाएका पाकिस्तानले बुधबार विहान भारतको हबाई क्षेत्रलाई उलंघन गरेको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । पाकिस्तानको तीन वटा विमान पुँछ र राजौरीमा वायूक्षेत्रको उलंघन गरेको बताइएको छ । 


फिर्ता गएसमय पाकिस्तानी विमानबाट केही बम समेत फालेको बताइएको छ । यद्यपी, भारको त्वरित कारवाहीपछि पाकिस्तानको विमान फिर्ता भागेको थियो । भारत र पाकिस्तानको विवादित क्षेत्र जम्मु, श्रीनगर सहित लेह र पठानकोट एयरपोर्टबाट यात्री उडानलाई रद्द गरिएको हो । उता, उत्तर भारतको सबै एयरबेशमा हाई अलर्टमा राखिएको हो 

 

यता, कश्मिरको एलओसीको १२ ठाउँमा फायरिँग जारी रहेको छ । यसपछि जवाफमा अबेर राती भारतीय सेनाले पाकिस्तानको पाँच चौकी ध्वस्त गरेको भारतीय सँचारमाध्यहरुले जनाएको छ । यसमा पाकिस्तानको कैयौँ सैनिक मारिएको आशंका गरिएको छ । यसमा भारतको तर्फबाट पनि ५ सैनिक घाईते भएका हो । 


यसैबीच, जम्मू, कश्मिरको बडगाममा भारतीय भारतीय वायूसेनाको जेट दुर्घटनाग्रस्त भएको छ । तर पनि वर्तमान हालातलाई मध्यनजर गर्दै अमेरिकाले पाकिस्तानको जमिनमा रहेको आतंकवादी उपर कडा कारवाहीको लागि भनेका छन् । पुलवामा हमलापछि जवाफमा भारतीय वायू सेनाले मँगलबार पाकिस्तानको बालाकोटमा हबाई हमला गर्दै जैश (आतंकवादी संगठन) को कैयौँ ठेगानालाई ध्वस्त पारेको हो । जसमा जैशको २ आतंकवादी मारिएको पुष्टि गरिएको छ ।


पाकिस्तानले गाउँलेहरुलाई ढाल बनाए 


समाचार एजेन्सीहरुका अनुसार, पाकिस्तानी सेनाले बारामूला, पुँछ, राजौरी, नौशेर र अखनूर सेक्टरमा मोर्टार हानेका छन् । पाकिस्तानी सैनिकले गाउँलेहरुलाई ढाल बनाए फायरिँग गरिरहेको बताइएको छ । वर्तमान हालातलाई मध्यनजर गर्दै एलओसीको नजिक रहेको गाउँहरुको विद्यालयहरुमा विदा गरिएको छ । भारतीय वायूसेनाको विमान कश्मिरको सीमामा रातैभरि जाग्राम र चौकन्न बसेका छन् ।

 

शोपिँयामा मुठभेठ हुँदा जैशको २ आतंकवादी मारिए 


यसैबीच, कश्मिरमा शोपियां जिल्लाको मिमेन्दरमा सुरक्षाबलले जैशको दुई आतंकवादीलाई मारेका छन् । त्यहाँ आतंकवादी लुकेर बसेको सूचना पाएपछि सुरक्षाबलले बुधबार विहानै सर्च अपरेशन सुरु गरेको थियो । उता, कोलकत्ता एसटिएफ र मुर्शिदाबाद प्रहरीको सँयुक्त कारवाहीमा पनि जमात उद मुजाहिदीन ,को दुई आतंकवादी गिरफतार गरिएको जनाइएको छ । उनीहरुको साथबाट विस्फोटक पदार्थ बरामद गरिएको हो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस