जनकपुरधामको सफाई बारे 'समिक्षा-पत्र'

२०७५ फाल्गुण १५ बुधबार
बिहान ०९:२२ बजे
दिवाकर उप्रेति

मान्दछु,! विगत लामो समय सम्म जनकपुरधाम सरसफाई भयो कुनै बेला स-साना कुण्ड बाट सुरु भएको सरसफाई अन्तत सरसफाई कै नाम मा कोहि उच्च पदाधिकारि भए अनि कोहि चै समाजसेबि भए तर जनकपुरधाम सफा कहिलै भएन ।

 

म स्वयम ले एकिकृत बाल क्लबको नेतृत्व गरिरहदा, सप्ताहिक विहार कुण्ड सरसफाई को सुरुवात गर्यौ यदपि हामिले १७ औ हप्ता सम्म अाउदा कुण्ड वरपर सरसफाई भएपनि त्यहाँ को जनमानसको मन भने सफा कहिलै भएन । हामिले जसरि गंगा सागर लाई सुन्दर बनायौ त्यस्तै मठमन्दिर ले घेरिएको वरपर रहेको बिहार कुण्ड थप पर्यटक दिष्टिले रमणिय बन्ने छ भन्ने आशा सहित बिभिन्न रुपले हामिले कार्य निरन्तर्र गर्यौ ।

 

हिजो जस्तो मात्र लाग्छ मैले नेतृत्व गरेको त्यस बाल कल्वले सरसफाई गर्दा कति को गालि- गलौज सहनुपर्यो भने कत्तिको हप्काई समेत खानुपर्यो तर म र मेरो टिम अडिग रहयौँ । हामिले समयको पालन गर्यौ र ठिक समयमा हामि पनि बोल्ने भन्दै आफ्नो नियमित काम जारि नै राख्यौ ।

 

अब मैले प्रस्न गर्ने नि नगर्ने भन्ने प्रस्न म माथि नै प्रस्न छ ? जनकपुरधाम सरसफाई गरेको करिब २ बर्ष भन्दा बढि भएको छ तर फोहर ज्युका त्युय छ किन होला महोदय ?

तर भुल बस हामिले गर्न खोजेको जस्तो कसले नै गर्न दिन्छ र यँहा ? हामिले "हाम्रो जनकपुरधाम राम्रो जनकपुरधाम, आउ मिलि बनाउ " भन्ने नारा संगै मन सफा अभियान को सुवात गर्यौ । त्यो सुरुवात जुन जमर्को र साहसले गरेका थियौ त्यसलाई पुर्ण रुपमा सफल नदिन म स्वयम माथि षड्यन्त्र रचियो तर भुल बस, उहाले हाम्रो अठोटको अगाडि झुक्नु पर्यो । हो केहि दिन अगाडि मात्र मैले एउटा लेख जारि गर्दै अबको नया पिडिलाई मन सफा अभियानमा लगाउनु पर्छ भन्दै गर्दा मेरो कुरा काट्ने थुप्रै बुद्दिजिवि भेटे तर अफ्सोस उहा संग एउटा जिव संग रहने बुद्दि समेत रहेनछ ।

 

मेरो आशय प्रस्ट थियो युवालाई सरसफाईमा होईन अव सरसफाई भन्दा माथि उठि मन सफा अभियानमा लगाऔ तर बिड्मवना बस उहाको त्यस हद सम्म मनमस्तिकले सोच्न भ्याएन । अब मैले प्रस्न गर्ने नि नगर्ने भन्ने प्रस्न म माथि नै प्रस्न छ ? जनकपुरधाम सरसफाई गरेको करिब २ बर्ष भन्दा बढि भएको छ तर फोहर ज्युका त्युय छ किन होला महोदय ?

 

जनकपुरधाम स्थित बिभिन्न ठाउमा राखिएको डस्बिन भरिसके पनि फोहर उठ्दैन किन होला महासय ?  यि दुई प्रस्न को सहज उत्तर होलान नै ? तर सम्बनघित निकायको के काम त ? भन्ने प्रस्न मैले गर्न पाउने कि नपाउने। म संग एउटा रोमाम्चक धटना छ, के.पि खनाल को उपस्थिती मा जनकपुरधाम को अन्चल अस्पताल को अनुगमन गर्न गयौ । दिउसो तिर गएका हामि त्यस दृश्य पछि जनकपुर अन्चल अस्पताल सरसफाई गरि नाम कमाएका लाई जुत्ताको माला सिउरि दिन मन लाग्यो ? नाम को लागि एस्तो सम्बेदनशिल ठाउमा बाहिरको वरिपरि सरसफाई गरि सफाई अभियान्ता बन्ने कस्तो मानिस रैछन त तिनी ?

 

दिउसो तिर गएका हामि त्यस दृश्य पछि जनकपुर अन्चल अस्पताल सरसफाई गरि नाम कमाएका लाई जुत्ताको माला सिउरि दिन मन लाग्यो ? 

 अब पक्कै पनि तपाईमा कतुहोल्ता भयो होला के थियो र त्यस्तो ?  करिब ५ हप्ता देखि थुप्रिएको फोहर जुन अन्चल अस्पताल माथि थुप्रिएर किरा उम्रिएको अबस्थामा थीयो ? जुन दृश्य सम्झना पछि खाना खान पनि सकिदैन । मलाई अझै अबगत छ त्यस रात पवन सहनि दाई , केपि खनाल , राजेश कर्ण , कैयुम राईन लगायत केहि राराब का अग्रज दाईहरु समेत हुनुहुन्थियो । राति १० बजे वाट सफाई सुरु गरेका हामिले करिब १२:३० बजे सम्म गरेर जस्ताको त्सतै लाईभ समेत गरेका थियौ तर पछि मे.सू यस सम्बन्धमा अनबिग्य नै रहे । त्यस कुराको अंस समिक्छा पत्रमा राख्न जरुरि ठानेर राखे तर मैले त्यति कुरा राख्दैमा कोहि आत्ति हाल्नु पर्ने अवस्था भने छैन । 

दिवाकर उप्रेति
नवयुवक अभियन्ता 

 आजकै दिन जनकपुरधाम को बिभिन्न ठाउमा सरसफाई गरिएको थियो जसमा प्रदेश २ का मुख्यमन्त्रि ज्यूको पनि सहभागिता थियो तर छाडु बोकि राम्रै कभरेज समेत पाउनु भयो । तर यसलाई मैले मेरो समिक्छामा सकारात्मक लेखेको छु । तर यस सरसफाई वाट भने के उपल्वधि भयो भन्ने प्रस्न चै मेरो आयोजक समक्छ छ ?? यस अभियानमा हामि छुटै तवरमा उपस्थित थियौ हाम्रो उदेश्य भने मन सफा अभियान थियो ।

 

जति सरसफाई भएनि जनकपुरधाम सफाभएन वरु विधार्थि खुसि थिए एक दिन पढ्न वाट वचेकोमा भने केहि मिडियाको लागि तातो तातो खबर समेत रहेको प्रष्ट देखिन्थ्यो ।

मुख्यमन्त्रि ज्यूको धारणा पनि खासै जिम्मेवार ढङ्गको आएन यदपि यस अभियान को निचोडमा हामिले त्यसदिन नाम र दाम कमाउने को दिन भन्यौ कारण केहि खास छैन तर कुरा भने गम्भिर छ अहिले जति सो कल्ड अभियानी जनकपुरधामले कमाएको छ त्यसको श्रेय यस दिनलाई नै जान पुग्छ ।। तर मेरो जिग्यासा यथावत नै छ ! जति सरसफाई भएनि जनकपुरधाम सफाभएन वरु विधार्थि खुसि थिए एक दिन पढ्न वाट वचेकोमा भने केहि मिडियाको लागि तातो तातो खबर समेत रहेको प्रष्ट देखिन्थ्यो ।

 

जनकपुरधाम अहिले नि उस्तै छ भन्नदा कुनै फरक अर्थ नलगाईयोस । जे छ त्यस कथाकथित कुरालाई मानै प्रने चै छैन मेरो विचारमा तर मैले मेरो समिक्छा मा राख्न उपयुक्त देखे । अहिले पनि सप्ताहिक वाल उड्यन, रेल्वे जसो सरसफाई चलिनै रहेको छ तर खासै उपल्वधि भने छैन किन कि फोहर गर्ने जनकपुरधाम वाशिनै हुन । त्यस अर्थमा सफाई नाम कमाउ संग जोड्दा उचित देखिन्छ । सार्वजानिक स्थान जस्ताको त्यसतै छ ।

 

जनकपुरधामबाशि संग एउटा राम्रो कला के छ भने गुट्का पान खाएर पर्खालको काप्चामा थुक्ने जुन हरेक जसो सरकारि कार्यलयको कर्नरमा देखिन्छ । अनि एका तर्फ सफाइ ?? अनि भन्नुस त महोदय पहिला सफाइ गर्ने कि त्यस थुक्ने पर्बितिलाई रोकथाम र शिक्छित तुल्याउने ।

 

 यस समिक्छाले कसैलाई इंकित गरेको होईन तर वास्तविक्ता के छ र अब सरसफाइलाई परिमार्जित ढङ्गले कसरि लग्न सकिन्छ भन्ने उदे्श्यमा टेकि लेखिएको छ ।। समिक्छा नभएको अवस्थामा कार्य के कस्तो भयो भन्ने अवगत नहुने भएकोले सबैले समिक्छा गरे नया वाटो अपनाउन सहयोग हुने छ ।

 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७५ फाल्गुण १५ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus