नेपालकै पहिलो सुनसरीको दुहवीमा अन्तराष्ट्रिय डोरीतान गोल्डकप हुने 

२०७५ फाल्गुण १४ मंगलबार
रति ११:१० बजे


न्यूज ब्यूरो, सुनसरी ।   सुनसरीको दुहबीमा मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिप प्रतियोगिता हुँने भएको छ ।


 सुनसरी जिल्ला डोरी तान संघको आयोजनामा दुहवी स्थित श्री सरस्वती माविको खेल मैदानमा फागुन १७ गते हुँने डोरीतान गोल्डकप प्रतियोगितामा नेपाल र भारतकागरि ८ ओटा टिमको सहभागिता रहँने छ । उक्त प्रतियोगितामा झापा, मोरङ, सुनसरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतको झारखण्ड र विहारका टिमहरु सहभागि हुँनेछन । 

 

मंगलवार दुहवीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल डोरीतान संघका केन्द्रिय उपाध्यक्ष सुभासश्री पोखरेलले अन्तराष्ट्रिय डोरीतान गोल्डकप प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको जानकारी दिएका छन ।  केन्द्रिय उपाध्यक्ष सुवासश्री पोखरेलले खेल क्षेत्रमा दुहवी पनि एक समय उर्वराभुमि रहिसकेकाले दुहवीबाटै यो खेललाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउने दाबी गरेका छन । प्रचार प्रसारको अभावमा ओझेल परेको यो खेललाइ अन्य खेलकुद जस्तै संरक्षण र प्रर्वधन गर्नुपर्नेमा उनले जोड दिए ।

 

 २००७ सालमा नेपालमा स्थापना भएको डोरीतान संघ सक्रिय न भएपछि २०७४ सालमा पुन गठन गरिएको हो । अहिले नेपालभर २७ जिल्लामा डोरी तान संघ गठन भएको निकट भविश्यमा नेपालभर प्रदेश जिल्ला र स्थानिय तहमा विस्तार गरिनुका साथै चाँडैनै प्रदेश स्तरिय र एसियन गेमको अयोजना गरिने नेपाल डोरीतान संघका केन्द्रिय उपाध्यक्ष सुवासश्री पोखरेलले जनाए । 

 

पत्रकार सम्मेलनमा बोल्दै सुनसरी जिल्ला डोरी तान संघका उपाध्यक्ष रमेशबावु थापाले मोरङ डोरी तान संघको सहकार्य तथा दुहवी नगरपालिकाको संयोजनमा हुँने अन्तराष्ट्रिय डोरीतान गोल्डकप प्रतियोगितामा ६ लाख १५ हजार अनुमानित खर्च हुँने जानकारी दिएका छन । मनमोहन स्मृति प्रतिष्ठान र राष्ट्रिय खेलकुद परिषदको सहयोगमा हुँने सो प्रतियोगितामा प्रथम हुँने टिमलाइ नगद रु पचास हजार ट्रफी मेडल तथा प्रमाण पत्र र दोश्रो हुँने टिमलाइ नगद रु पचीस हजार ट्रफी मेडल तथा प्रमाण पत्र प्रदान गरिने उनले जानकारी दिए । 

 

सुनसरी जिल्ला डोरी तान संघले १ वर्ष अगाडी विद्यालय स्तरिय प्रतियोगिता गरिसकेको छ । बिश्वकै पूरातन खेल मध्येको एक डोरीतान खेलमा दुबै तर्फबाट ८–८ जना खेलाडी सहभागि हुन्छन । खेलको नियमअनुसार  ८० फिटको डोरीलाइ दुबै तर्फबाट एक अर्काले तानेर आफ्नो तर्फ डोरी तान्न सफल हुँने खेलाडीहरुले जित हासिल गर्छन । खेलमा एकतर्फका ८ जना खेलाडीहरु ६०० केजि भन्दा बढि तौल हुँन न पाउँने नियम छ । 

 

नेपालमापनि यो खेलको प्रर्वधन गर्न राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त, टग अफ वार अन्तराष्ट्रिय माहासंघबाट सम्बन्धन प्राप्त नेपाल डोरीतान संघ गठन गरिएको हो । पत्रकार सम्मेलनमा मोरङ जिल्ला डोरी तान संघका उपाध्यक्ष अशोक कुमार चौधरी, सुनसरी जिल्ला डोरी तान संघका सचिव युवराज चौधरी, दुहवी डोरीतान संघका अध्यक्ष सन्तोष कुमार सिंह लगायतको उपस्थिति रहेको थियो।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७५ फाल्गुण १४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus