महोत्तरीमा करेन्ट लागेर २ को ज्यान गयो !

ज्यान गुमाएका दुबैजनाको घरको आर्थिक अवस्था नाजुक छ ।

२०७५ फाल्गुण ११ शनिबार
दिउसो २:१९ बजे
बिनय यादव
Pic credit : Google

महोत्तरी, ११ फागुन । महोत्तरीमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । महात्तरीको लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादवको करेन्ट लागेर ज्यान गएको हो । 

 

लोहारपट्टी नगरपालिका २ सुखैनिया बस्ने सकल मुखियाको घरमा शुक्रबार राति बच्चा जन्मेको खुशीमा भोज आयोजना गरिएको थियो ।

 

भोजमा क्यासेट बजाउन बिजुलीको पोलमा तार जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छोएपछि करेन्ट लागेर सिकिस्त भएका दुवैजनाको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी महोत्तरीले जनाएको छ ।

 

करेन्ट लागेर ज्यान गुमाएका २ जना मध्ये रामईश्वर एक साताअघि मात्र वैदेशिक रोजगारबाट घर फर्केका थिए । एकवर्ष नबित्दै कम्पनी टुटेपछि उनी घर फर्कनु परेको थियो । उनको एउटा सन्तान छ । 

 

ज्यान गुमाएका दुबैजनाको घरको आर्थिक अवस्था नाजुक छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७५ फाल्गुण ११ शनिबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus