• २०७६ जेठ ११ गते, शनिबार
१२:३८ pm

'मधेशमा माईजनहरुको भूमिका परिवर्तन हुनुपर्छ'

कति त न बाँच्नु, न मर्नुको अवस्थामा पुगेको देखिन्छ । 

"माईजन" शब्द मधेशी समुदायमा प्रचलित शब्द हो । माईजन भनेको समान्य अर्थमा मधेश समुदायमा जातजाती समुहबाट चयन गरिएको मुख्य एक जना ब्याक्ती वा जातिको अगुवा  भन्ने बुझिन्छ ।मधेशमा माईजन भन्ने पद नै धेरै भुमिका निर्वाह गर्दछ्न ।

 

मधेशमा जातिय माइजन बाट समाजिक बिकृति अन्त्य गर्ने एउता शसक्त माध्यम हो । मधेशमा जातिय अगुवालाई माइजन भन्दै आएका छ्न । यस अन्तर्गत ( माईजन ,देवान,जवार,मरर,) लगाएत छन् । समाबेशि समाजिक सदभाव सुदृढीकरणका लागि जातिय माईजनको उतरदायित्व भुमिका रहेको हुन्छ ।

 

वर्तमान समयमा जातिय माइजनको काम र कर्तव्य बिबाह, समारोह, मृत्यू , भोजभतेर इत्यादि कार्य हरुमा संगलन भई सफलता पुर्बक सन्चालन गर्नु रहेको छ । तर समयको साथ साथै ज्ञान , बिज्ञान ,शिक्षा कला,साहित्य ,मनोरञ्जन क्षेत्रहरुमा परिवर्तन हुँदै गईरहेको छ । मानिस हरुको बुद्धि बिबेक , लवाईखवाई जिवनमा सकारात्मक प्रवृत्तिको बिकास हुन गईरहेको छ । जुन समय सापेक्ष अनुसार सकारात्मक पक्ष हुन ।

 

त्यस्तै, समाजिक बिकासको लागि पनि केही सकारात्मक परिवर्तन गर्नु पर्ने आवश्यकता देखिन्छ । समाजमा अहिले विभिन्न बिकृती , कुरिति, पछौतपन, अशिक्षा ,अन्धबिश्वास आदिले गर्दा मधेशी समाज अगाडि अझै बिकासको ढोकामा  आईपुगेको छैनन् ।

 

अझै हाम्रो समुदायमा बालबिबाह , महिला हिंसा , दाइजो ,प्रथा , छोरा छोरी ,हरुमा भेदभाव, बोक्सी  प्रथा छुवाछुत जस्ता समाजिक बिकृतिहरु कायमै छ ।

जसले गर्दा भर्खर योजना आयोगले निकालेको प्रतिबेदन २०७५ अनुसार मधेसी ब्राहमण क्षेत्रीको साक्षरता ८० प्रतिशत पाएको छ तर मधेशी दलितको साक्षरता २२.८५ प्रतिशत मात्र रहेको देखिन्छ । जसबाट यो स्पष्ट हुन जान्छ कि मधेशी समुदायमा अझै समाजिक बिकासको खाचो छ । जसमा प्रत्यक्ष ,अप्रत्यक्ष रुपले समाजिक रुदिवादी सोछ बिकृती आदिले प्रभाव पारि रहेको छ ।

 

यस्ता समाजिक बिकृती हटाउनको लागि हाम्रै समुदायबाट हाम्रै बाट पहल गर्यो भने अवश्य हटाउन सकिन्छ । जसमा जातिय अगुवा ( माईजन ) को भुमिका परिवर्तनको खाँचो महसुस गरिन्छ । जस्ता भोज भतेर गर्ने माइजन हरु दबाब  दिए रहन्छ ।  

प्रिति कुमारी  यादव
जनकपुरधाम, हाल जापान

भोज गरेन भन्ने वा खुवाएन भन्ने सजाय स्वरुप जातिय बहिष्कार गर्ने ( जात )पानी काट्ने चलन छ अर्को रुपमा  भोज भतेरमा संगलन हुन नदिनु नियम हुन्छ ।


जसले समाजिक बिकास नागरिकन यसले बिकृती रुप लिन जान्छ । किन  भन्ने भोज भतेरले एक दिनको लागि मात्र छाक टारेर प्रशस्त मात्रामा पैसाको खर्च मात्र हुन्छ । गरिबहरुले ऋण काढेर भोजभतेर गर्छन् । जसमध्ये एउटा समस्या नै सिर्जना गर्छन् । यसले मानसिक तनाव पनि गराउँदो रहेछ । भर्खरै केही दिन अगाडी लहानमा घटित घटना हो । यादव जातीको एक जना व्यक्तिले भोज नखुवाएर यो रकम विद्यालयमा दान गरयो । जस कारण जातिबाट बहिष्कार हुनुपरयो । 


यस्तै, एकवर्ष अगाडी मात्र एक जना वृद्धको छोरा अल्पआयुमै वितेको थियो । यस समयमा वुवा विक्षिप्त अवस्थामा भएकोले भोज गर्न सकेन । त्यस समयमा चाहिने सन्तावना नदिइकन भोज खुवाउन अनेकौ निहुँमा ती वृद्धवृद्धाको माइजन पद पनि खोसियो र जातीबाट बाहिष्कार गरयो । यो वहाँको मानवता हो । कुनै व्यक्तिको दुःखमा साथ दिनुको सट्टा रमिता हेरेर बस्नु कतिको जायज हो । यो त प्रतिनीधि उदाहरण मात्र हो । यस बाट प्रभाव बारेमा खोज अनुसन्धान गरयो भने कति घटनाहरु घटेको पाइन्छ । कति त न बाँच्नु, न मर्नुको अवस्थामा पुगेको देखिन्छ । 


त्यसैले, माइजनको भूमिकालाई परिवर्तन गरी यसलाई साकारात्मक बाटोमा प्रयोग गरी समाजलाई सुदृढिकरण गरौँ । जस्तै आ आफ्नो जातीय समुदायमा जन्मदर्ता, विवाहदर्ता गर्न लगाउने, बालविवाह, दाईजोप्रथा, महिला हिँसा आदि जस्ता दुरव्यहारहरु सम्बन्धी आवाज उठाउने , रोक्न लगाउने आदी कार्यमा सहयोग गरी माइजनको भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ । यस्ता प्रथाहरु विभिन्न माध्यमबाट रोक्ने प्रयास भईरहेको भएतापनि अझै सफलता भने प्राप्त गर्न सकिरहेको छैन । 


यदि हामीले नै आफैबाट यस्ता विकृतिहरु हटाउने प्रयास गरयो भने पक्कै हाम्रो समाज पनि विकसित हुन जान्छ । हामी पनि सुखी पूर्वक जीवनयापन गर्न सक्छौ । त्यसैले माइजन पदको भूमिका परिवर्तन गरी समाजलाई सुदृढ बनाऔँ । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस