दुहवीमा भईरहेको गुणस्तरहिन निर्माण रोकाइयो

२०७५ फाल्गुण ११ शनिबार
बिहान ०९:१६ बजे
सुनसरी


न्यूज ब्यूरो, सुनसरी ।  सुनसरीको दुहवी ५ स्थितमा भइरहेको पक्की नाला निमार्ण कार्यमा गुणस्तरहिन काम भएकोले आज दुहवी नगरपालिकाले काम रोकाएको छ ।


 सो ठाउँमा इँटा पानिमा न भिजाइ सुख्खै जोडिरहेको, दक्षिण तर्फ नाला बग्नुपर्नेमा उल्टै बगिरहेको र मिक्चर विनै काम भइरहेको जनगुनासो छ । काम रोकाइएपछि सो ठाउँमा काम गर्ने मिस्त्री र निर्माणको ठेक्का पाएको कम्पनिलाइ दुहवी नगरपालिकाले स्पष्टिकरण पत्र काटेको छ । पत्रमा मिक्चर सहित गुणस्तररिय काम हुँनुपर्ने र सूचना वोर्ड अनिवार्य लगाउँनु पर्ने उल्लेख छ ।

 यस विषयमा दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले गुणस्तरहिन काम भएकोले काम रोकाइएको अव उपरान्त गुणस्तरहिन काम भएको पाइए मिस्त्रीको प्रमाणपत्र रद्द गरिने र निर्माण कम्पनिलाइ समेत कार्यवाहि गरिने जनाए । 


उता दुहवी ३ मा भएको पक्की नाला निर्माण कार्यमा जेसिवीले केहि ठाउँमा चर्काएको नालाको भागलाइ पुन निर्माण गरिने र ठाउँ–ठाउँमा भएको अत्याधिक प्वाललाइ ढलाइ गरेर गुणस्तरिय काम भएको पक्का भएपछि मात्र निर्माण कम्पनिलाइ पेमेन्ट दिन सिफारिस गरिने दुहवी नपाका इन्जिनीयर रामकुमार यादवले जनाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नयाँ सत्ता गठबन्धनमा खटपट सुरु, सरकार खस्ने डर

  • २०७५ फाल्गुण ११ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ मन्त्रिमण्डल विस्तार भएलगत्तै सत्ता गठबन्धमै खटपट सुरु भएको छ ।  माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी (एसं) को सोमवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसँग लिखित सम्झौता

पूरा पढ्नुहोस्

Bureau Menus

} }