विभिन्न देशका १०० बढी योद्धा जनकपुरमा 

वातावरण संरक्षण र हराभरा गर्न भारतको जयनगरबाट चिसापानीसम्म पद यात्रा गरिने बताइएको छ ।

२०७५ फाल्गुण १० शुक्रबार
रति ८:४८ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम ।  पर्यावरण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने चार देशका अभियानीलाई शनिबार सम्मान गरिने भएको  छ । 

 

कमला बचाउ अभियानीहरुले जनकपुरधाममा शुक्रवार गरेको पत्रकार सम्मेलनमा नेपाल, भारत, बंगला देश, श्रीलंका लगायत पर्यावरण क्षेत्रमा कार्य गरेको र अभियानकै रुपमा चलाईरहेको व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

भारतको पट्नामा निम पिपल तुलसी अभियानका अध्यक्ष डा। धर्मेन्द्र कुमार र नेपालका कमला बचाउ अभियान, सेभ द हिस्टोरिकल, गान्धी पिस फाउन्डेसन नेपाल, उज्ज्वल भारत मिसन र हिस्टोरी एण्ड हेरिटेज टुरिजमको आयोजनामा शनिबार जनकपुरधाममा उक्त सम्मान हुनेछ ।


कार्यक्रममा अभियानी बिक्रम यादवले भारतका ६० जना, नेपालका ४० जना बढी, बंगला देशका एक जना र श्रीलंकाका एकजना गरी सयजनाबढी व्यक्तिलाई सम्मन गरिने कार्यक्रम रहेको बताए ।  सम्मान कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्त रहने छन । पर्यावरण क्षेत्रमा कार्य गरेको अभियानीहरुलाई प्रशंसापत्र र शिल्डबाट सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

 

पर्यावरण बचाउको लागि विभिन्न देशका वातावरण योद्धाहरुलाई गान्धि पिस फाउण्डेशनले सम्मान गर्ने अभियानी विक्रम यादवले बताए । यादवका अनुसार भारत, श्रीलंका र बँगलादेशका पर्यावरण अभियानी तथा योद्धाहरुलाई शनिबार दिउँसो जनकपुरमा सम्मान गर्ने कार्यक्रम रहेको छ । वातावरण संरक्षण र हराभरा गर्न भारतको जयनगरबाट चिसापानीसम्म पद यात्रा गरिने बताइएको छ ।

 

पर्यावरण बचाउको लागि सँचार मार्फत योग्दान पुरयाएका सँचारकर्मीहरुलाई समेत सम्मान गरिने जनाएको छ । पर्यावरण बचाउको लागि महत्वपूर्ण  योग्दान पुरयाएका श्रष्टाहरुलाई सम्मान स्वरुप तथा अन्य योद्धाहरुलाई थप प्रोत्साहनको लागि सम्मान गरिने छ । 

 

पत्रकार सम्मेलनमा अभियानी यादवले भने, विशुद्ध रुपले समाजसेवामा लागेका समाजसेवी, पर्यावरण बचाउनको लागि पहलकदमी गरेका अभियानीहरुलाई सम्मान गर्नेछौँ । जसमा ४० बढी नेपालबाट र अन्य भारत, श्रीलंका र बँगलादेशका योद्धाहरु हुनेछ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७५ फाल्गुण १० शुक्रबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus