• २०७६ जेठ ११ गते, शनिबार
१२:४१ pm

प्रथम मिर्चैया महोत्सवको समापन समारोहमा कृषिमन्त्री साहले भने, - 'मधेशलाई कृषिको हव बनाउँछौं'

उनले संघीय सरकारको असहयोगका कारण अघि बढ्न केहि असहज र ढिलाई भएको गुनासो पाखे ।

सिरहा, ९ फागुन । प्रदेश २ लाई कृषिको हव बनाउने प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताएका छन् । प्रदेश २ मै सम्भवतः प्रथम पटक लगेको ‘प्रथम मिर्चैया महोत्सव २०७५’ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेश २ लाई समृद्ध बनाउन कृषि प्रणाली र औद्योगिक क्षेत्रमा जोड दिएको बताएका हुन् ।

 

मन्त्री साहले कृषि क्षत्रलाई अगाडि बढाउन प्रदेश सरकार अग्रसर रहेको जनाए ।

 

औद्योगिक क्रान्ति गरेर कृषिलाई अगाडि बढाउन सके युवापुस्ता वैदेशिक रोजगारीमा पलायन हुनबाट रोकिने विश्वास व्यक्त गरे । मन्त्री साहले कृषि क्षत्रलाई अगाडि बढाउन प्रदेश सरकार अग्रसर रहेको जनाए । उनले संघीय सरकारको असहयोगका कारण अघि बढ्न केहि असहज र ढिलाई भएको गुनासो पाखे ।

 

सम्बोधन गर्दै उनले प्रदेश सरकारले मिर्चैयामा ४५ लाख बराबरको लागतमा आधुनिक वद्यशाला र आधुनिक कृषि हाटवजारको योजना निर्माण गर्ने उद्घोष समेत गरे । उनले त्यसका लागि स्थानीय सरकारलाई प्रदेश सरकारसँग समन्वय गर्न आह्वान गरे । 

 

सिरहाको मूख्य व्यापारिक गन्तव्यको रुपमा विकसित हुँदै गएको मिर्चैयामा माघ २८ गतेबाट सुरु भएको प्रथम मिर्चैया महोत्सव २०७५ बुधवार (हिजो) सम्पन्न भएको छ । ‘समृद्ध मिर्चैयाको आधार, कृषि, उद्योग, पर्यटन र व्यापार’ भन्ने मूल नाराका साथ लगाइएको महोत्सवबाट यस क्षेत्रको व्यापार प्रदवद्र्धनमा टेवा पुगेको मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर साहले दाबी गरे ।

 

मिर्चैया उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा लगाइएको महोत्सवमा जिल्लाका विभिन्न ठाउँका मौलिक उत्पादनसँगै प्रदेश र देश विदेशमा उत्पादित वस्तुहरुको प्रचारप्रसार, प्रबद्र्धन, बजारिकरणका र प्रदर्शनीका लागि १ सय ३१ स्टलहरुको व्यवस्था गरिएको थियो । 

 

महोत्सवमा विभिन्न क्षेत्रका रहन सहनसहितको मौलिक खानाको परिकारहरुको विक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुद्धारा संस्कृति जगेर्नात्मक कार्यक्रमहरुको प्रदर्शनी गरिएको थियो ।

 

यस क्षेत्रको धार्मिक पर्यटकीय स्थलहरुको विकास, मिर्चैया क्षेत्रको उद्योग, व्यापार, पर्यटन, जडिबुटि र कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउन गरिएको प्रयासलाई मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले सराहना गरे । उनले स्थानीय सरकारले प्रदेश सरकारबाट सहयोगको अपेक्षा राखेको सुनाउँदै स्थानीय हाट बजार वैज्ञानीक ढंगवाट अगाडी बढाउनका लागि पहल गरिदिन कृषिमन्त्री साहसँग आग्रह गरे ।

 

महोत्सव समापन समारोहमा विभिन्न सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । 

 

महोत्सवको उद्घाटन माघ २८ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | Email : [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस