जनकपुरधाममा वन्यजन्तु रक्षाको लागि पनि 'सिआईडी' तालिम

तालिम आगामी फागुन १० गतेसम्म चल्ने जनाइएको छ ।  

२०७५ फाल्गुण ७ मंगलबार
बिहान ०८:५२ बजे
विनय कु. यादव


न्यूज ब्यूरो, जनकपुरधाम । वन्यजन्तु आरक्षण र संरक्षणको उदेश्य सहित जनकपुरधाममा वन्यजन्तु अपराध अनुसन्धान सम्बन्धी तालिम सँचालन गरिएको छ । 

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन विभागको सहकार्य र जूलोजिकल सोसाईटी अफ लण्डन, नेपालको आर्थिक सहयोगमा मिथिला वाईल्डलाईफ ट्रष्टले प्रदेश नं. २ को राजधानी जनकपुरधामको रामा होटेलमा प्रदेश नं. १, २ र ४ का राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष र सँगै जोडिएका जिल्लाहरुको डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृतहरुका लागि पाँच दिने वन्यजन्तु अपराध अनुसन्धान सम्बन्धि तालिमकर्ताको लागि तालिम सञ्चालन गरेको छ ।


स्थापना काल देखि नै हामीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष भन्दा वाहिर थाई वसोवास गर्दै आईरहेका र एक राष्ट्रिय निकुञ्ज देखि अर्को राष्ट्रिय निकुञ्जमा आवतजावत गर्ने वन्यजन्तु र तिनका वास स्थान संरक्षणमा अनवरत रुपमा काम गर्दै आईरहेका जनाइएको छ ।  


फिल्डमा काम गर्ने क्रममा वन्यजन्तु अपराधको मामिलामा अनुसन्धान अधिकृतहरुलाई अनुसन्धान, मुद्दा दायर तथा मुद्दा प्रक्रियामा भोग्न परेका समस्याहरु र तिनका समाधानका उपायहरु सम्बन्धि सहयोग पु¥याउने अभिप्रायका साथ नेपालका १६ ओटा जिल्लाबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष र जोडिएका डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृतहरुका लागि तालिम सञ्चालन गरेको जनाइएको छ ।


मिथिला वाइल्ड लाईफ ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले, यस कार्यक्रमका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन विभागको समन्वय र जूलोजिकल सोसाईटी अफ लण्डन, नेपालका आर्थिक सहयोगमा सञ्चालन गर्न लागेको बताए । 

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक राम चन्द्र कणेलको अध्यक्षता र प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झाको प्रमुख आतिथ्यमा उदघाटन गरिएको तालिम आगामी फागुन १० गतेसम्म चल्ने जनाइएको छ ।  


सो तालिममा जिल्ला न्यायधिश, जिल्ला सरकारी वकिल, जिल्ला प्रहरी कार्यालय तथा वन्यजन्तु अपराध अनुसन्धानमा सक्रिय विज्ञहरुले सहभागीहरुलाई स्वस्थ परिक्षण गर्ने, हिरासत पुर्जी तयार पार्ने, खानतलासि गर्ने, थुनुवा व्यवस्थापन, प्रमाण संकलनमा स्निफर र ट्रेकिङ्ग कुकुरको प्रयोग, प्रमाणको परिक्षण, शव परिक्षण प्रतिवेदन, प्रयोगशाला परिक्षण, अभियुक्तले वयान गर्दाका बखत स्विकार गरेका र ईन्कार गरेका विषय तथा छड्के प्रश्नहरु, जाहेरी प्रतिवेदनको तयारी, घटनास्थल प्रकृति मुचुल्का, वयान, घटना विवरण कागज आदीको तयारी र अपराधीलाई कानूनको दायरामा ल्याउन आवश्यक प्रक्रियाहरुको बारेमा सघन तरिकाले सिकाई हुने जानकारी गराइएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७५ फाल्गुण ७ मंगलबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus