• २०७६ जेठ ११ गते, शनिबार
०२:०३ pm

साना किसानको १६ औँ वार्षिक साधारणसभा सम्पन्न


न्यूज ब्यूरो, धनुषा ।  साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ९ स्थित प्रमुख अतिथीधनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार र  संस्थाको अध्यक्ष इन्द्र कुमार महतोको अध्यक्षतामा भएको सधारणसभाबाट २०७४/०७५  को आयव्य प्रस्तुत गरिएको थियो ।


त्यस्तै कार्यक्रममा प्रमुख अतिथी  मण्डल र पजियार ले नगरपालिकाबाट खासगरी कृषिमा जोड दिदैँ सिचाई, कृषि तालिम र कृषिलाई आधुनिकता दिनको लागी विभिन्न शिर्षकमा छुटै बजेट विनियोजन गरेका छौं र आउँदादिनमा नगरपालिकाको बैठकबाट यस्ता संस्थाको लागी हुने सहयोग गर्ने प्रतिवधता गर्नुभएको थियो ।


 साथै साना किसान अध्यक्ष इन्द्र कुमार महतो ले अस्पताल साना किसान सद्स्य हरुको सुबिधा लागि आगामी योजनामा बनाउने बताए साथै दूध देरि पनि छितै संचालन गर्ने बताए 


कार्यक्रममा विशेस्त अतिथी साना किसानको बोर्डअफ डाइरेक्टर रविन्द्र कुमार यादव र साना किसान प्रदेश नम्बर २ का संयोजक राम कुमार महतो लगायतका व्यक्तिहरुले आफना मन्तव्य राखेका थिए भने अतिथीहरु धनुषामा रहेका साना किसानहरुको प्रबन्धक एंव संचालक समिति, क्षिरेश्वरनाथ नगरपालिका ८ का वडा अध्यक्ष अशेश्वर महतो ९ का अशोक चौधरी, कार्यपालिका सदस्य विरेन्द्र सिंह सम्पुर्ण सेयर सद्स्री लगायतका उपस्थिती रहेको थियो ।


  साना किसान दिग्मबरपुर पुर्ब प्रबन्धक शिबु गोईत यादव लाई बिदाई गरेका थिए । साथै सान्स्किर्तिक कार्यक्रम एस पि डि इङ्ग्लिश बोर्डिङ स्कुल नौसय बिघा र मा बि  सहकारी संस्थामा राम्रो काम गरेको र समयमा व्यज र सवा बुझाउने शेयर सदस्य र अतिथीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सेयर सद्स्य जेष्ठ नागरिक लाई पनि सम्मन  गरेका थिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस