• २०७६ जेठ ११ गते, शनिबार
०२:०० pm

जनकपुरमा १० वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा १ पक्राउ

ठाकुरलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ । 

Pic credit : Google

जनकपुरधाम, ६ फागुन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । 

 

जनकपुरधाम उपमहानगरपालिका घर भएकी १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने बस्ने ५० वर्षका सञ्जय ठाकुरलाई पक्राउ गरिएको हो ।

 

बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै लगेर बलात्कारको प्रयास गरेको भन्ने आरोपमा उनलाईलाई आइतबार साँझ पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

 

ठाकुरलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस