• २०७५ चैत ११ गते, सोमबार
०९:३८ am

धनुषाका १ युवकको कुवेतमा मृत्यू, परिवारसँग सम्पर्क नभएपछि शव अलपत्र 


न्यूज ब्यूरो, २ धनुषा । धनुषाका एक युवकको वैदेशिक रोजगारीको क्रममा कुवेतमा मृत्यू भएको छ । 

 

गत सन् २०१९ जनवरी २२ तारिखका दिन उनको मृत्यू भएपछि अहिलेसम्म उनको परिवारजनसँग सम्पर्क हुन नसक्दा शव नेपभल पठाउन गाह्रो भएको कुवेत स्थित नेपाल दुतावासले जानकारी दिएको छ । 

 

मृत्यू हुनेमा धनुषाको विदेह नगरपालिका वडा १ बस्ने ठाढी झिझा बस्ने बर्ष २८ का अजिम धुनियाको मृत्यू भएको हो । मृत्यूको कारण अझ खुल्न सकेको छैन भने राजदुतावासले उनको परिवारजनसँग सम्पर्क हुन नसक्दा अहिलेसम्म शव परिवारजनसम्म पुरयाउन नसकेको जनाएको हो । 

 

नेपाली राजदुतावास कुवेतका द्धितिय सचिव ज्ञान बहादुर मगरका अनुसार, मृतक अजिमको राहदानीको आधारमा खोजी गर्दै जाँदा धनुषाको ठाढी झिझा वडा नं. ७ उल्लेख गरिएको छ । मृतक अजिमलाई चिन्ने वा उनको परिवार वा आफन्त सँग कुनै प्रकारको सम्पर्क नभएको हो । 

 

उनको शव नेपभल पठाउनको लागि उनी कार्यरत कम्पनी र अन्य निकायबाट गर्नुपर्ने कानुनी प्रक्रिया पूरा भईनसकेकोले उनको शव पठाउन कठिनाई भएको जनाएको छ । मृत्यूको कारणबारे अझ खुल्न नसकेको जनाएको हो । 

 

कागजी जानकारी अनुसार, उनको राहदानी  (पासपोर्ट) नम्बर ०६१७२१९ रहेको छ भने पासपोर्टको जारी मिति भने नोभेम्बर २०१२ नोभेम्बर ८ धनुषा रहेको छ भने उनको नागरिकता नम्बर १७१०१४/४२९ रहेको छ । 

 

मृतक अजिमलाई चिन्ने व्यक्तिले उनको  परिवारलाई खवर गरी नेपाली दुतावास कुवेतको हटलाईन नम्बर ००९६५९८८६९११२१ मा सम्पर्क गरी सहयोगको लागि अपिल समेत गरिएको छ । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस