बेटी पढाउ, बेटी बचाउ : साईकल वितरण शुभारम्भ, मधेशकी बेटीलाई मुख्यमन्त्रीको साईकल उपहार

समृद्ध प्रदेशको परिकल्पना पूरा गर्नका लागि ‘मधेशकी बेटी’ शिक्षित भएमात्र सम्भव

२०७५ फाल्गुण २ बिहीबार
बिहान ११:२२ बजे
बिनय यादव

जनकपुरधाम, २ फागुन । प्रदेश २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत् साईकल वितरण बुधवारबाट विधिवत रुपमा शुभारम्भ भएको छ । समृद्ध प्रदेशको परिकल्पना पूरा गर्नका लागि ‘मधेशकी बेटी’ शिक्षित भएमात्र सम्भव रहेको भन्दै ल्याइएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत् हिजो (बुधवार) बाट साईकल वितरण अभियान शुभारम्भ भएको हो ।

 

मधेशका मुख्यमन्त्री लालबाबु राउतले सप्तरीको बलान विहुल गाउँपालिकाका माध्यमिक तहका ७० जना छात्राहरुलाई साईकल वितरण गर्दै साईकल वितरण अभियानको शुभारम्भ गरेका छन् । 


 
सप्तरी बलान विहुलमा अवस्थित श्री जागेश्वर गरहाई जनता माविको प्राङ्गणमा आयोजित साईकल वितरण कार्यक्रममा मधेशका मुख्यमन्त्री राउतले मधशकी बेटीलाई साइकलको साँचो हस्तान्तरण गरेको हो । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको समाजिक रुपान्तरणको पहिलो खुडकिलो रुपमा आफुहरुले बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई अघि बढाई रहेको जनाए ।

 

महिला शिक्षित नभएसम्म प्रदेशले समृद्धि हासिल गर्न नसक्ने बताउँदै उनले समाजमा व्याप्त महिलासँगको विभेद अन्त गर्न समेत यस कार्यक्रमले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

 

बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीहरुको विमा गर्ने कार्य समेत शुरु भई सकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले फागुन ९ गते राष्ट्रपति विद्या देवी भण्डारीको हात बाट विमा कार्यक्रमको औपचारिक शुरुवात गरिने जानकारी गराए ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षामन्त्री रेणु यादवले प्रदेश सरकारले एक पछि अर्को गरि ल्याई रहेको कार्यक्रमहरुले प्रदेशवासीलाई आफनो सरकारको अनुभूति गराई रहेको जिकिर गरिन् । उनले प्रदेश सरकारको बेटी पढाउ, बेटीबचाउ, मुख्यमन्त्री स्वच्छता अभियान जस्ता कार्यक्रमहरुले समाजको रुपान्तरणमा साकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

 

सांसद यादवले मुख्यमन्त्री राउतको यस्ता कार्यक्रमहरु प्रदेश भित्र मात्र नभई मुलुक भरिनै चर्चाको विषय बनेको र अन्य प्रदेश तथा स्थानीय सरकारहरुले समेत अनुरण गरिरहेको बताउँदै प्रशन्नता देखाइन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७५ फाल्गुण २ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus