• २०७५ चैत ११ गते, सोमबार
०९:०३ am

उपेन्द्र यादव भन्छन् - 'अब सप्तरीमै मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान हुन्छ'

प्रदेश नं. २ स्वास्थ्य र शिक्षामा निकै पछाडी देखिएकाले निकट भविष्यमा सप्तरीमा पनि स्वास्थ्य क्षेत्रमा निकै सुधार हुने

तस्विर : Subhanaran Yadav | Saptari


सप्तरी, १ फागुन ।  नेपाल सरकार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले निकट भविष्यमा सप्तरीमै धरान ,विराटनगर र काठमाण्डौं जस्तै स्वास्थ्य सेवा प्रदना गर्न सकिने बताएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त पहलमा सप्तरीको राजविराजमा निःशुल्क स्वास्थ्य शिविरको समुदघाटन गर्दै मन्त्री यादवले सो कुरा बताएका छन् । प्रमुख अतिथिको आसन्नबाट बोल्दै स्वास्थ्यमन्त्री यादवले सप्तरी र रौतहट प्रदेश नं. २ को स्वास्थ्यमा धेरै नै पछाडी रहेकाले सप्तरीमा पहिलो पटक यस्तो शिविर संचालनमा आएकाले यहाँका गरीब र विपन्न समुदायका ब्यक्तिहरुले सो शिविरबाट सेवा सहजताको लागि शिविर सँचालन गरेको बताए । 


गरिब तथा विपन्नले स्वास्थ्य निःशूल्क सेवा लिनबाट नछुटौस भन्ने उदेश्यले उक्त शिविर संचालन गरेको बताउनुहुँदै अबको केही बर्ष भित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मेडिकल कलेज समेत सप्तरीमा स्थापना हुने थपे ।  मन्त्री यादवले शुरुमा सात दिनसम्म चल्ने शिबिरमा बिरामीको चाप बढेमा शिबिर अझै लम्बिन सक्ने बताउँदै  ‘गाउँमा बिरामी छन् । झुपडीमा बिरामीहरु बसिरहेका छन् । गरिबीका कारण, एक्लोपनाका कारण बिरामी बोकेर बस्न बाध्य भएकाहरुलाई शिविरसम्म पु¥याइदिन सबैसँग आग्रह गरेका छन् ।’ 


उपप्रधानमन्त्री यादवले छोरीको शिक्षामा जोड दिन अभिभावकलाई आग्रह गर्दै उनले भने,  ‘अहिले गरिबी छ र चेतनाको कमी देखिएको छ तर जब सबै घरका छोरी पढ्छन् परिस्थिति आफैं सुधार हुँदै जाने विश्वास ब्यक्त गरे।  सप्तरीका शत प्रतिशत छोरीहरु शिक्षित भएपछि काठमाण्डौं जस्तै विकसित हुने सकिने बताउँदै सबैको घरमा छोरी र बुहारी रहेकाले सबै छोरी र बुहारीलाई शिक्षा प्रदान गरे मात्र देश र समाजको परिवर्तन हुन सकिने बताए ।

 

'झुपडीमा बिरामीहरु बसिरहेका छन् । गरिबीका कारण, एक्लोपनाका कारण बिरामी बोकेर बस्न बाध्य भएकाहरुलाई शिविरसम्म पु¥याइदिन सबैसँग आग्रह गरेका छन् ।’ 

सो कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसमा स्वास्थ्य समस्या धेरै रहेको बताउँदै ‘स्थानीयस्तरमा उपचार गराउन नपाएका जटिल रोगीहरु रहेकाले “यो शिविर त्यस्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले प्रदेश नं. २ स्वास्थ्य र शिक्षामा निकै पछाडी देखिएकाले निकट भविष्यमा सप्तरीमा पनि स्वास्थ्य क्षेत्रमा निकै सुधार हुने तथा त्यसका लागि प्रदेश सरकार समेत सहयोग गर्न सदैव तत्पर रहेको बताए ।


स्वास्थ्य मन्त्रालयका सचिव डा।पुष्पा चौधरीको अध्यक्षतामा आयोजित सो शिबिरको समुदघाटन समारोहमा उपसभामुख उपमा देव ,नेपाली सेनाका महानिर्देशक शशि राई , पुर्व शिक्षामन्त्री एवं संघिय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादव ,सांसदहरु गेविन्द न्यौपाने ,रुबी कुमारी कर्ण ,मनिष सुमन ,राजपा नेपालका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी ,संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव ,राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव ,अस्पतालका मेसु डा।चुमन लाल दास लगायतका बक्ताहरुले यस्तो शिविरबाट सप्तरीबासीहरुले निकै सेवा लिन सकिने विश्वास ब्यक्त गर्दै रेफर सेन्टरको रुपमा चिनिने अंचल अस्पताललाई निकट भविष्यमा रिसर्च सेन्टरको रुपमा बनाउनुपर्नेमा जोड दिए ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त पहलमा राजविराजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र पब्लिक विन्देश्वरी माविको खेल मैदान गरी दुई ठाउँमा बुधबार शिविर सुरु गरिएको छ ।


शिविरमा जनरल सर्जरी, हर्निया, पायल्स, पुरूष ग्रन्थी, हाइड्रोशिल, पिथथैली, तथा मिर्गौला पत्थरीसम्बन्धी शल्यक्रियासमेत गरिनेछ । यस्तै उक्त शिविरमा मुटु रोग, नाक, कान, घाँटी, छाला रोग, मानसिक रोग, स्त्री रोग पाठेघरसम्बन्धी समस्या, हाडजोर्नी, आँखासम्बन्धी रोगको उपचार र शल्यक्रियासमेत हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

समाचार श्रोत : शुभनारायण यादवको कलमबाट टुडेपाटीबाट साभार 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस