• २०७६ बैशाख ६ गते, शुक्रबार
०२:२७ am

मधेशमा अबदेखि सुरक्षित यात्राका लागि 'ट्राफिक कम्युनिकेशन एप्स'

सवारी दुर्घटना विकराल रुप लिन थालेपछि उक्त एप्स सञ्चालनमा ल्याएको हो ।

Pic credit : Google

जनकपुरधाम, २८ माघ । मधेशमा सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ ।

 

सवारी दुर्घटना विकराल रुप लिन थालेपछि प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले आइतबारदेखि प्रदेश नं २ मा लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भएको वा नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएको हो ।

 

उक्त एप्स सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले शुभारम्भ गरेका छन् ।

 

यो एप्स सञ्चालनमा आएपछि सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

प्रहरी नायब महानिरीक्षक पालले लामो दूरीका सवारीसाधनमा एक मात्र चालक राख्दा निदाएर दुर्घटना भइरहेको भन्दै अब उप्रान्त सवारीसाधनले दुई चालक राख्नुपर्ने जनाए ।

 

दुई चालक राखेको वा नराखेको पत्ता लगाउनकै लागि यो एप्सको निर्माण गरिएको बताउँदै उनले यो एपमार्फत त्यो कुरा पत्ता लगाइने र एक मात्रै चालक राख्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।

 

लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको प्रदेश नं २ का ट्राफिक प्रहरी प्रमुख किरण बर्जाचार्यले जानकारी दिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | Email : [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस