• २०७५ फाल्गुण १२ गते, आइतबार
०६:४४ am

डिजेको विषयमा गएरातीदेखि नै प्रहरी र विद्यार्थीबीच तनाव, स्थानीयहरुद्धारा चक्काजाम  

जनकपुरमा मात्र सरस्वति पूजाकै दिन चर्को आवाजमा डिजे घन्काउँदा प्रशासन मुकदर्शन बनेर मात्र हेरेका छन् । 


जनकपुरधाम, २८ माघ । धनुषा प्रशासनले चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध गरेपछि धनुषाकै तारापट्टीमा डिजेकै लागि प्रहरी र स्थानीयबीच घम्साघम्सी भएको छ । 

 

धनुषाको मिथिला विहारी नगरपालिकाको तारापट्टीमा एका विहानै चर्को आवाज घन्काईरहेको डिजेलाई बन्द गराउन गएका प्रहरी र डिजे बजाईहेको स्थानीय विद्यार्थीबीच तनाव भएको छ । सरस्वति पूजाको निहुँमा चर्को आवाजमा डिजे बजाइरहेको गुनासोको आधारमा पुगेका धनुषाधाम ईलाका प्रहरी कार्यालयको टोलीले उनीहरुलाई बन्द गर्न लगाएपछि प्रहरी र स्थानीयबीच तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

 

यता, विद्यार्थीहरुका अनुसार सरस्वति पूजाको दिन हल्का आवाजमै डिजे बजाएको भन्दै प्रहरी आएर आफूहरु उपर  लाठीचार्ज गरेको आरोप लगाएका छन् । धनुषाकै अन्दुपटीमा सरस्वति पूजाकै दिन ओरकेष्ट्रा नचाएपनि प्रहरी मौन बसेको तर आफूहरु हल्का आवाजमै  डिजे बजाएर साँस्कृति कार्यक्रम गर्दा लाठीचार्ज गरेपछि आफूहरु विरोधमा उत्रेको एक विद्यार्थीले बताए । 

 

उनले भने, - "रातीमा नृत्य कार्यक्रम भईरहँदा प्रहरी आएर लाठीचार्ज गरे, हामीले साँस्कृतिक कार्यक्रम मात्र गरेका हौँ गर्न दिनुस भनेपछि लाठी बरसाउनु कतिको उचीत ? हामी विद्यार्थीहरुलाई यतिको मनोरञ्जन गर्नेदिनुपर्छ । एक वर्षमा आउने विद्यार्थीहरुको उल्लासको उत्सव सरस्वति पूजामा पनि हस्तक्षेप प्रहरीले गर्नु उचीत होईन् ।"

 

प्रहरीका अनुसार, स्थानीयहरुले डिजे बजाउन दिनुपर्ने माग गर्दै प्रहरीले बन्द गराउन गएपछि तनाव उत्पन्न भएको छ । धनुषाधाम जनकपुरको बाटो समेत विहान ८ बजेदेखि अवरुद्ध गरेको छ । पूजाकर्ताहरुले बीच सडकमै टायर बालेर चक्काजाम सहित प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । धनुषा जिल्लामा चर्को आवाजको डिजेमा प्रतिबन्ध लगाएपनि अटेरी भने कायमै छ । 

 

जनकपुरमा मात्र सरस्वति पूजाकै दिन चर्को आवाजमा डिजे घन्काउँदा प्रशासन मुकदर्शन बनेर मात्र हेरेका छन् । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस